बतृत्वकला सम्पन्न
हेमराज भट्ट÷नेपालगन्ज
लागु औषध तथा सुतिर्जन्य पदार्थ नियन्त्रणका लागि विद्यार्थीको भूमिका बिषयक बक्तृत्कला प्रतियोगिताका श्री सरस्वती निम्न माध्यमिक विद्यालय कोहलपुर पिपरीका सम्पन्न भएको छ ।
प्लान नेपाल बाँके र जिल्ला युवा क्लब संजाल बाँकेको साझेदारीमा राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको लागु औषध तथा सुतिर्जन्य पदार्थ नियन्त्रणका लागि विद्यालय सचेतना अभियान अन्र्तागत सो प्रतियोगिताको आयोजना गरिएको
हो ।
हो ।
विद्यार्थीहरुले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि विद्यालय स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरुले संचालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । विद्यालयका प्रधानाध्यापक जित बहादुर थापाले सुर्तिजन्य पदार्थबाट पर्ने असर बारे जानकारी गराउनुका साथै अभियानमा विद्यालयको सहयोग रहने बताउनु भएको थियो । विजयताहरुलाई आइडल्सका अध्यक्ष आशिष बर्माले नगद सहित प्रमाण पत्र प्रदान गर्दै यस अभियान विद्यार्थीहरुलाई सक्रिया भएर लाग्न अनुरोध गर्दै यसलाई प्रभावकारीरुपले संचालन गरेमा लागु औषध प्रयोगमा न्यूनिकरण हुने बताउनु भएको थियो ।
प्रतियोगितामा १२ जना विद्यार्थीहरु सहभागिता जनाएका थिए । जसमा प्रथम पार्वती वि.क., दोश्रोमा सिर्जना रेग्मी ,तेसा्रेमा दुर्गा चौधरी र सान्तवनामा दिपा डांगीले प्राप्त गर्न सफल हुनु भएको थियो । प्रतियोगितामा जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्मा ,राइजिङ आइडल्स बाँकेका सचिव बिनोद शर्मा र सतिश शर्माले बोल्नु भएको थियो ।
