कुवेतविरुद्ध नेपाली चेलीहरुले ८ गोल गरे
भाईराम चौलागाई,कुवैत सिटी १३ जनवरी-कुवैत सिटी । कुवेतविरुद्धको मैत्रीपूर्ण पहिलो शृंखलामा नेपाली राष्ट्रिय महिला टोलीले ८ गोलको फराकिलो अन्तरले बिजय हासिल गरेका छन ।
कुवैतसिटीको कद्सीय रंगशालामा हिजो भएको खेलमा नेपालको तर्फबाट खेल सुरु भएको पहिलो मिनेट(सृजना राना ),आठौ मिनेटमा(अनु लामा)
एकतर्फी खेलमा नेपालले नेपालले थुप्रै आक्रमण गरेको थियो। कुवैतको तर्फबाट एक गोल गर्ने प्रयास भए पनि बलले सही दिशा लिन नसक्दा पोस्ट माथी बाट बल बाहिर गएको थियो। झन्डै ५०० नेपाली दर्सकको साथमा नेपाली चेलीहरुले धेरै राम्रो खेल खेलेका थिए। ३८ मिनेटमा नेपाली चेलीको सशक्त प्रहार २ चोटी पोस्ट मा लागेर फरकीएको थियो। खेल अबधि भर नेपालले ४३ नेटमा १ ेनाल्टी खेल अबधि भर,२फ्री किक ,र चार कर्नर पाएको थियो भने कुवेतले पनि केहि कर्नरको अवसर पाएको थियो। मध्यान्तर पछी भने कुवेतले सुदरिएको प्रर्दर्शन गरेको थियो तर पनि नेपाली खेलाडीको सामु उनीहरुको केहि चलेन। नेपाली फर्वाड अनु लामाले खेल अबधि भर उत्कृष्ट प्रर्दर्शन गर्दै रंगसालामा उपस्थित सबैको मन जित्न सफल भएकी थिइन खेल एकदमै मैत्रीपूर्ण भएको थियो खेल अबधि भर पहेंलो कार्ड र रातो कार्ड को प्रयोग गर्नु परेको थिएन।
नेपाली दर्सकको साथमा नेपाली दुताबास कुवैतका पदाधिकरीहरुले पनि कदसिय रंगशालामा पुगेर खेल हेरेका थिए।कुवैत फूटबल एसोसियसनको निमन्त्रणामा कुवैत भ्रमण रहेको नेपाली राष्ट्रिय महिला टोलीले अब दोस्रो खेल मंगलबार कदसिय रंगशालामै बेलुकी ५.३० बजे कुवेतविरुद्ध खेल्ने छ।
