|

क्रान्तिकारी पत्रकार संघ दाङले अन्तक्र्रिया गर्ने

दाङ, २९ पुस । पत्रकारहरुको हत्या र बेपत्ता पार्ने कार्यमा संलग्नहरुलाई कारवाहीका लागि दबाब दिने उद्देश्यले क्रान्तिकारी पत्रकार संघ दाङले माघ २ गते घोराहीमा अन्तक्र्रिया गर्ने भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङको आज आइतवार बसेको पदाधिकारी बैठकले त्यस्तो निर्णय गरेको हो ।

‘सत्य निरुपण्ँ तथा मेलमिलाप आयोग गठन सम्बन्धी अध्यादेश तत्काल जारी गर, कृष्ण्ँ सेनलगायतका पत्रकारहरुका हत्यारालाई कारवाही गर’ भन्ने मूल नाराका हुने हुने कार्यक्रममा सहभागिताका लागि बैठकले सबैलाई आग्रह गरेको छ ।

बैठकपछि सचिव आस्था केसीले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघको हलमा दिउ“सो १२ बजे हुने कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गर्नुभएको छ । संघका जिल्ला अध्यक्ष नरेन्द्र केसीको अध्यक्षता एवं थारुवान राज्य समिति अध्यक्ष अजयदीप शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले माघी पर्वको अवसरमा सञ्चारकर्मीलगायत सबैमा शुभकामना व्यक्त गरेको छ ।

क्रान्तिकारी पत्रकारले माघ २ गते देशभरि कार्यक्रम गर्दैछ । त्यस्तै हाल राष्ट्रपति कार्यालयमा रोकिएको सत्य निरुपण्ँ तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउने पनि संघले जनाएको छ ।

Posted by Butwalonline on 9:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रान्तिकारी पत्रकार संघ दाङले अन्तक्र्रिया गर्ने"

Leave a reply