शहीद दिवसमा सरसफाइ कार्यक्रम
पोखरा, १६ माघ। मकवानपुर कास्की पोखरा सम्पर्क मञ्चले शहीद दिवसको अवसर पारेर पोखराको प्रवेश–नाका पृथ्वीचोकदेखि चाइनापुलसम्मको सडक तथा ढलको सरसफाइ गरेको छ। मञ्चले पोखरा छिर्ने मुख्य नाकालाई सफा राख्ने हेतुले सरसफाइ कार्यक्रम गरेको जनाएको छ।मकवानपुर जन्मघर भई पोखरालाई कर्मथलो बनाएर स्थायी वा अस्थायीरूपमा बस्दै आएकाहरूले आÇनो संस्था स्थापनाको पहिलो वर्षमै सरसफाइ कार्यक्रम सम्पन्न गरेका हुन्। करिब एक सय जनाले साढे दुई घण्टा लगाएर सडक तथा ढल सफा गरेका थिए।
सरसफाइ कार्यक्रममा पोखरा उपमहानगरपालिकाले गाडी उपलब्ध गराएको थियो भने नगरपालिकाका सरसफाइ शाखा प्रमुख चूडामणि तिवारीले ढलमा जथाभावी फोहोर गर्ने व्यापारीलाई फोहोर नफाल्न सुझाव दिए। मञ्चका अध्यक्ष रामशरण थापाको संयोजकत्वमा भएको सरसफाइ कार्यक्रममा सचिव सन्तोष गौतम र वरिष्ठ सल्लाहकार यदुनाथ वञ्जाराले सम्पर्क मञ्चले अबका दिनमा थुप्रै सिर्जनात्मक काम गर्नुपर्नेतर्फ लाग्नुपर्ने बताए। उनले मञ्चमा आबद्ध नभएकाहरूलाई पनि समयमै गोलबन्द हुन आग्रह गरे।
मञ्चले रक्तदान कार्यक्रम, वृद्धाश्रममा भोजनलगायतका कार्यक्रम गर्ने जनाएको छ। सामाजिक सेवा गर्ने सोचलाई व्यवहारमा उतार्न खरोरूपमा उत्रेर मार्ग निर्देशक बन्न सके समयमा सही मूल्याड्ढन हुने सहभागी सदस्यहरूले बताएका थिए।
