दिर्घकालिन निति नबनाएसम्म नेपालमा उर्जा संकट समाधान नहुने
लक्ष्मण पोखरेलबुटवल,१६ माघ । राज्यले दिर्घकालिन निति र योजना नबनाएसम्म नेपालमा उर्जा संकट समाधान नहुने एक कार्यक्रममा ठोकुवा गरिएको छ ।
जलश्रोतको धनी देश भनेर जतिसुकै गुनागान गाएपनि राज्यले निति नबनाएसम्म कसैले चाहँदैमा उर्जा संकट समाधान नहुने उनीहरुको ठहर छ ।नेपाल बिद्युत् प्राधिकरण कर्मचारी यूनियन लुम्बिनी क्षेत्रिय समितिको मंगलबार बुटवलमा भएको आठौं क्षेत्रिय अबिधेशनको उद्घाटन समारोहमा बोल्दै विद्युत्सँग सरोकार राख्नेहरुले यस्तो बताएका हुन् ।
प्राधिकरणमा कार्यरत कर्मचारीका कारण लोडसेडिङ्ग बृद्धि भएको आरोप लाग्ने गरेको बताउँदै राज्यकै कमजोरीले नागरिकहरु लोडसेडिङ्गको मारमा परेको बताए । कार्यक्रममा बोल्दै पूर्व उर्जामन्त्रि गोकर्ण विष्टले सरकारको अदुरदर्शी निति र उर्जा संकट समाधानको स्पष्ट निति नहँुदा जलश्रोतमा धनी देशका नागरिक अन्धकारमा बस्नुपरेको बताउनुभयो । बिजुलीको सय बर्षको ईतिहासमा ७ सय मेगावाट मात्रै विजुली उत्पादन हुन बिडम्बना भएको उहाँको भनाई छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका विष्टले विद्युत् विकाससँग जोडेर सरकारले स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिनुभयो । ‘पानीको बहुउपयोग गरेर सरकारको नेतृत्वकर्ताले योजना बनाए उर्जा सकंट समाधान हुन्छ’ उहाँले भन्नुभयो –‘तर पानीलाई सहि सदुपयोग हामीले गर्न सकेनौं ।’
उहाँले आफ्नो कार्यकालमा बर्षोदेखि संचालन हुन नसकेका र विद्युत क्षेत्रमा भएका चुहावट रोक्न पहल गरेको बताउँदै त्यहि रफ्तारमा काम गर्न पाए दश बर्षमा नेपालले काँचुली फेर्ने दावी गर्नुभयो । उहाँले उर्जालाई रोजगारी र विकाससँग जोडेर लैजाने गरि दलहरुविच न्यूनतम सहमतिको समेत जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका केन्द्रिय अध्यक्ष रामप्रसाद रिमालले देशभरका २६ हजार सहकारीको पुजीलाई मात्रै संयन्त्र बनाएर परिचालन गरे उर्जा संकट समाधानका लागि दर्जनौं हाइड्रोपावर संचालन हुने बताउनुभयो । उहाँले बर्तमान सरकारले विद्युत् प्राधिकरणबाट सेयर निकालेर विदेशी निकायलाई विद्युत आयोजना निर्माणको लाईसेन्स दिनुगलत भएको बताउनुभयो । साथै उहाँले देशको पानी फालेर डिजेल प्लान्टका नाममा अरबलाई धनी बनाउने काममा लागेको आरोप समेत लगाउनुभयो । नेकपा एमाले रुपन्देहीका लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराइले अहिले फेरी विद्युत् प्राधिकरणभित्र कमिशन र भ्रष्टचारको चक्कर मौलाएको भन्दै त्यसलाई चिर्न कर्मचारीहरु एकजुट हुनुपर्ने बताउनुभयो । यूनियनका केन्द्रिय उपाध्यक्ष राम प्रसाद खनालले राज्यले निति र योजना नबनाएसम्म उर्जा संकट समाधान गर्न नसक्ने बताउनुभयो । क्षेत्रिय विद्युत् प्राधिकरण बुटवलका प्रमुख महेन्द्रराज अधिकारीले प्राधिकरणलाई मात्रै लोडसेडिङ्गको भार थोपर्ने गरिएको बताउँदै आफुहरुको तर्फबाट उर्जा संकटलाई कम गर्न प्रयास थालिएको बताउनुभयो ।
उहाँले प्राधिकरण घाटामा रहेको अवस्थामा पनि विद्युत चुहावट नियन्त्रण,बक्यौता रकम उठाउन र जति सक्दो सेवाग्राहीलाई थप सेवा दिलाउन प्रयत्नशिल रहेको दावी गर्नुभयो । उहाँले बुटवल क्षेत्रिय कार्यालय अन्तर्गत मात्रै पनि करिब ८ करोड बक्यौता उठाउन बाँकी रहेको बताउनुभयो । सो अवसरमा एमालेका रुपन्देही सदस्य युवराज घिमिरे,डासीराम पाण्डे,नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मेघदेव पन्त,अन्तर संस्थान कर्मचारी संघका जिल्ला अध्यक्ष भोजराज खरेल,दुर सञ्चार कर्मचारी संघका क्षेत्रिय अध्यक्ष यमलाल पाण्डे,यूनियनका लुम्बिनी अञ्चल अध्यक्ष हरि क्षेत्री,उपाध्यक्ष चिरन्जीवी शर्मा,रघु आचार्य लगायतले बोल्दै उर्जा संकट समाधानका लागि राज्यले नै नेतृत्व लिुनपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।