|

अब दलहरुले निषेधको राजनीति ल्याग्नुपर्छ-पूर्व मन्त्री बिष्ट

बुटवल,१६ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य एंव पूर्व उर्जा मन्त्री गोकर्ण बिष्टले मुलकु ओरालोमा ब्रेक फेल भएको गाडी जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले दलहरुविच बढेको द्धन्द्ध र समाजमा जातजातीका विचमा देखिएको विखण्डनले राम्रो संकेत नगरेको बताउनुभयो । नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी क्षेत्रिय समितिको आठौं क्षेत्रिय सम्मेलनको मंगलबार बुटवलमा उद्घाटन गर्दै एमाले नेता बिष्टले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो –‘यस्तै अवस्था भए मुलुकमा भयानक दुर्घटना हुन्छ ।’ एमाओबादीले अन्य दललाई निषेध गरेर अगाडि बढ्ने रणनितिले जटिलता थप्दै गएको उहाको भनाई छ । ‘अब दलहरुले निषेधको राजनीति ल्याग्नुपर्छ’ विष्टले भननुभयो–‘नभए मात्र उपलब्धि गुम्नेछ ।’ उहाले राजतन्त्रको अन्त्य भएपनि उपलब्धि संस्थागत नभएको बताउनुभयो । मुलकु गम्भिर स्थितमा रहेपनि सहमतिबाटै मुलुकलाई निकास दिनुपर्ने बताउदै रातजतिसुकै लामो भएपनि दिन आउने भन्दै आशाबादी हुनुपर्ने बताउनुभयो ।

Posted by Butwalonline on 12:29 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब दलहरुले निषेधको राजनीति ल्याग्नुपर्छ-पूर्व मन्त्री बिष्ट"

Leave a reply