|

जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा सिद्धार्थ इ. बोडिङ् स्कुल प्रथम

बिकाश पराजुली,बुटवल, माघ १६ । प्यारामाउन्ट उच्च माध्यमिक विद्यालय आयोजनामा भएको जिल्ला स्तरिय अन्तर मा.वि. हाजिरीजबाफ रनि· शिल्ड प्रतियोगितामा २०६९ मा गत बर्षको विजेता सिद्धार्थ इङ्लिस बोडिङ स्कुल प्रथम भएको छ ।त्यस्तै स्मृति बोडि· स्कुल द्धितिय तथा सिद्धार्थ मेमोरीयल इङ्लिस स्कुल तृतिय भए । जित संगै बिजयी विद्यार्थीहरुलाई नगद १ हजार सहित कप, प्रमाण पत्र प्रदान गरियो । त्यस्तै विजयी विद्यालयहरुलाई शिल्ड तथा प्रमाण प्रदान गरिएको थियो ।

रुपन्देहीका कुल ३४ विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगिताबाट दोस्रो चरणका लागि ५ विद्यालयहरु छनोटमा परेका थिए भने गत बर्षको विजेता सिद्धार्थ इङ्लिस बोडि· स्कुलले सिधै दोस्रो चरणमा प्रवेश पाएको थियो । त्यसैगरी सो अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । गत बर्षको प्रवेशीका परीक्षामा ८५ प्रतिशत भन्दा बढि नतिजा ल्याएका ३३ विद्यार्थीहरुलाई प्यारामाउन्ट गोल मेडलबाट सम्मान गरिएको थियो ।

त्यस्तै स्व. हिम प्रसाद पाठकका छोरा गणेश प्रसाद पाठकले स्थापना गरेको अक्षय कोषबाट २०६७ सालमा कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने छात्र आशिष भट्टराई तथा छात्रा श्रद्धा पौडल त्यस्तै गत साल कक्षा ८ मा उत्कृष्ट अंक ल्याएका छात्र आशिष अर्याल र छात्रा आरजु पाण्डेलाई  नगद २ हजार सहित प्रमाण पत्र बाट सम्मान गरिएको थियो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद ज्ञवालीले आगमी शैक्षिक सत्र देखी प्रवेशीका परीक्षामा ८५ देखी ९० प्रतिशत नतिजा ल्याउनेलाई शिलभर मेडल तथा ९० भन्दा माथि नतिजा ल्याउने विद्यार्थीहरुलाई गोल्ड मेडल प्रदान गरिने घोषणा गरे ।

यसैगरी स्व. प्रेम प्रसाद सापकोटाको सम्झनामा छोरा पुर्ण प्रसाद सापकोटाले स्थापना गरेको अक्षयकोषबाट गत बर्ष कक्षा ९ मा उत्कृष्ट अंक ल्याउने छात्र आशिष भट्टराई तथा छात्रा श्रद्धा पौडेल नगद २ हजार सहित प्रमाणपत्रबाट सम्मान भएका थिए । कार्यक्रमको एक समारोहका विच रुपन्देहीका निमित्त जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले उद्घाटन गरे । विद्यालयका प्रार्चाय दामोदर भुषालको अध्यक्षता तथा उच्च माध्यमिक विद्यालय परिषद्का क्षेत्रीय प्रमुख सुवास पन्थको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष सुरेन्द्र कुमार बर्माले गरेका थिए । कार्यक्रममा एभरेष्ट इङ्लिस बोडि· स्कुलका शिक्षक एवं संचारकर्मी चन्द्रकान्त न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष केशव न्यौपाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरु द्वारा नृत्य प्रस्तुत गर्नका साथै कलाकार एवं विद्यालयका शिक्षक पुरुषोत्तम न्यौपानेले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिवाकर रेग्मीले गरेका थिए ।

Posted by Butwalonline on 12:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा सिद्धार्थ इ. बोडिङ् स्कुल प्रथम"

Leave a reply