|

चिदीपानी गाविसको गाउ परिषद् सम्पन्न

राज कुमार पन्थी,पाल्पा, २६ पुस -चिदीपानी गाविस पाल्पाको २० औं गाउ परिषद् शुक्रवार सम्पन्न भएको छ । गाउपरिषदले १५ लाख बरावरको बजेट पारित गरेको छ । गाविस सचिव काशीराम अधिकारीले प्रस्तुत गरेको आव २०७०।०७१ को चालुतर्फ ४ लाख र पूजीगत खर्च तर्फ ११ लाख को बजेट विनियोजन गरेको हो ।
   
गाउको कृषि विकासको लागि १ लाख ५७ हजार १ सय ६२, लक्षित वर्गका लागि ३ लाख ६६ हजार ७  सय १२,  आर्थिक भौतिक पूर्वाधार विकास तर्फ २ लाख ६१ हजार ९ सय ३८ र प्रर्वद्धनात्मक क्षेत्रतर्फ २ लाख ६१ हजार ९ सय बरावरको रकम दलका प्रतिनिधी, समाजसेवी, उपभोक्ता, सवैको सर्वपक्षिय छलफलमा विनियोजन गरिएको हो ।
   
बजेटले मोटरबाटो, कृषि र खानेपानीमा बढि जोड दिएको छ साथै गाउालाई २ वर्ष भित्रमा खुला दिशा मुक्त क्षेत्र बनाउनका लागि शौचालय निमार्णलाई प्रभावकारी बनाउनका लागि लक्षित वर्गको ३० प्रतिशत क्षमता विकासमा र बााकी ७० प्रतिशत बजेट शौचालय निमाार्णमा खर्च गरिने छ ।  कार्यक्रमका प्रम्ख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख केशवराज शर्माले विकास निमार्णको कामलाई जनसहभागितामा निमार्ण गरि प्रत्यक्ष सहभागिता रहेमा विकासमा टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा—माओवादीका राजकुमार पन्थी, नेपाली कााग्रेसका रामेश्वर पन्थी, नेकपा एमालेका पूर्ण ब. सारु, राप्रपाका कुल ब. गाह,  एमाओवादीका शिव पन्थी, महिला स्वयमसेवीका वेत कुमारी गाह,महिलाको तर्फबाट विद्या थापा, सौभाग्य उमाविका पूर्व प्रअ समाजसेवी होमनाथ शर्मा, प्रअ गोविन्द न्यौपाने, बालवालिकाको तर्फबाट गोपाल रेग्मी लगाएतले बोल्नु भएको थियो ।
   
गाउा विकासमा हुने भएका भ्रष्टाचार र कमीसनतन्त्रलाई अन्त गर्नका लागि गाविसले विशेष पहल गनर््पर्ने त्यसो नभएमा नेकपा—माओवादीले जनताको सहयोगमा कारवाही गर्ने नेकपा माओवादीका राजकुमार पन्थीले बताउनु भयो । कार्यक्रम गाविस सचिव काशीराम अधिकारीको संचालन र सामाजिक परिचालक केवल रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 6:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिदीपानी गाविसको गाउ परिषद् सम्पन्न "

Leave a reply