|

विद्युत प्राधिकरण बुटवल शाखाद्धारा बक्यौता उठाउन लाईन काट्न शुरु

बुटवल ,माघ १४ -विद्युत प्राधिकरण बुटवल शाखाले बक्यौता उठाउन लाईन काट्न शुरु गरेको छ । सरकारी र सर्वसाधरण ग्राहकको बाँकी बक्यौता उठाउन प्राधिकरण बुटवल केन्द्रले यस्तो अभियान थालेको हो ।

सरकारी तथा घरका ६० दिन पुग्दा पनि महसुल नबुझाउनेहरुको लाईन काट्न थालिएको प्राधिकरणले जनाएको छ । महसुल नर्तिने सरकारी र सर्वसाधरण सबैको लाईन काट्न थालेकाले सममै महसुल बुझाउन विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभएको छ । । उहाँका अनुसार अहिलेसम्म ३ सय सर्वसाधरणको लाईन काटिएको छ । २७ वटा सरकारी कार्यालयलाई सात दिने अल्टिमेटम सहितको पत्र काट्दा पनि अधिकांशले महसुसल बुझाएका छैनन । सरकारी कार्यालयमा अधिकांश प्रहरी निकायले विद्युत  बक्यौता नबुझाएको उहाले बताउनुभयो । असोज यता लाईन काटेरै ६३ लाख रुपैयाँ उठेको जनाईएको छ ।

Posted by Butwalonline on 6:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्युत प्राधिकरण बुटवल शाखाद्धारा बक्यौता उठाउन लाईन काट्न शुरु"

Leave a reply