|

नवलपरासीका उखु किसानहरु फेरी आन्दोलीत,आज प्रशाशन घेराउ

बुटवल ,माघ १४ -सरकारले अझै सम्म पनि उखुको मुल्य निर्धारण नगरेको भन्दै नवलपरासीमा उखु किसानहरुको छाता संगठन उखु उत्पादक कृर्षक समितीको अगुवाईमा किसानहरुले पुन: आन्दोलनको सुरुवात गरेका छन् ।

उंखुको उचित मुल्य निर्धारण गर्ने बिषयमा सरकार र चिनी उद्योग संचालक उदासिन देखिएको भन्दै किसानहरुले पुन आन्दोलनको सुरुवात गरेका हुन् । आन्दोलनको घोषीत कार्यक्रम अनुसार आज  जिल्लाका सबै चिनी उद्योग अघि धर्ना दिएका छन् । त्यसैगरि भोली नवलपरासी आउने प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी आफ्ना समस्या बारे जानकारी गराउने र प्रशासनमा धर्ना दिने कार्यक्रम रहेको समितीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उंखुको सिजन शुरु भएको लामो समयसम्म पनि उखुको मुल्य निर्धारण नहुदा किसानहरु समस्यामा परेका छन् । जिल्लामा २५ देखी ३० लाख कुईन्टल सम्म बार्षीक रुपमा उखु उत्पादन हुने गरेको छ । किसानहरुले उखुको प्रतिकुईन्टल ५ सय १ रुपैया मुल्य  निर्धारण हुनुपर्ने माग राखेका हुन् ।

Posted by Butwalonline on 6:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीका उखु किसानहरु फेरी आन्दोलीत,आज प्रशाशन घेराउ "

Leave a reply