बाबुराम नेतृत्वको सरकारनै मुख्य बाधक-नेकपा एमाले
बुटवल ,माघ १४ -नेकपा एमाले लुम्बिनी अञ्चल समन्वय कमिटीले बाबुराम भट्टराई नेतृत्वको सरकारनै देशको मुख्य बाधक धएको निष्कर्ष निकालेको छ । अञ्चल मोर्चा संगठनको आज बुटवलमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले नेकपा एमाले सहित सम्पूर्ण प्रतिपक्षी राजनीतिक दलहरुले घोषणा गरेको सरकार विरोधी आन्दोलनलाई सशक्त बनाउन पार्टी सम्वद्ध सबै जनसंगठनहरु शक्तिका साथ कृयाशिल हुने जनाईएको छ । यस्तै युवा संघ नेपालको फागुन ११, १२ र १३ गते बुटवलमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा एक लाख भन्दा बढि जनसागर उर्तान जनताको घरदैलोमा पुग्ने निर्णय गरेको छ । साथै सबै जनसंगठनका अञ्चल र जिल्लाका बैठक तथा भेला यही माघ २२ गते भित्र आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा अञ्चल सचिव खिमलाल भट्टराई,संगठन विभाग प्रमुख लिला गिरी र स्थानीय विकास तथा भौतिक संरचना विभाग प्रमुख बलराम अधिकारीले पनि संम्बोधन गर्नुभएको थियो ।