बिश्व कुष्ठरोग दिवस आज विभिन्न कार्यक्रम गरि मनाइयो
बिनोद परियार,बुटवल ,माघ १४ -बिश्व कुष्ठरोग दिवस आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । कुष्ठ प्रभावितलाई समान व्यवहार गरौ भन्दै बिश्वभर यो दिवश मनाइदै आएको छ ।
हरेक वर्ष जनवरीको अन्तिम आइतवार मनाईने विश्व कुष्ठरोग दिवशका उपलक्ष्यमा व्यापक जनचेतना अभिबृद्धी गरी यस रोग बिरुद्ध थप उपलव्धी हासिल गर्ने उद्देश्य लिएदै विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । यस बर्षपनि यो दिवशको अवसरमा औपचारिक कार्यक्रम मात्र सिमित भएको छ । पछिल्लो तथ्याङ अनुसार नेपालमा उपचारमा रहेका कुष्ठरोगीको संख्या ३ हजार नाघेको छ । सुक्ष्म किटाण्ुाले गर्दा लाग्ने कुष्ठरोग समयमै उपचार गरी पत्ता लगाए निको हुन्छ ।
यसैवीच पश्चिमाञ्चलका १६ जिल्लामध्ये रुपन्देही जिल्लामा सबै भन्दा बढि कुष्ठरोग प्रभावित व्यक्तिहरु रहेको तथ्याङ फेला परेको छ । गत आथिर्क वर्ष ०६७/६८ मा १ सय ६४ जना नयां कुष्ठ रोगका विरामी फेला परेकोमा चालु आर्थिक वर्षमा थप करिव १ सय जनामा कुष्ठरोगका जिवाण्ुा भएको फेला परेको स्वाश्थ्य संस्थाहरुले जनाएका छन् । रुपन्देहीको दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रका गाविसहरुमा कुष्ठरोगको समस्या देखिएको जनस्वाश्थ्य कार्यालय रुपन्देहीले बताएको छ । रुपन्देहीका देवदह, मक्रहर, करहिया, पर्रोहा, दुधराक्ष, सालझण्डी, रुद्रपुर लगायतका गाविसमा कुष्ठरोग प्रभावित व्यक्तिहरु फेला परेको तथ्याङक छ । सरकारले २०६६ माघ ५ गते नै नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेपनि तराईका १४ वटा जिल्लाहरुबाट अझैपनि कुष्ठरोग निवारण हुन सकेको छैन । यस्तै नवलपरासी जिल्लाका ४० वटा गाउं विकास समितिमा कुष्ठरोगका बिरामी भएका व्यक्तिहरु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोछ । बिरामीहरु फेला परेका गाविसहरु मध्ये ५ वटा गाउं विकास समितिमा सवैभन्दा बढि बिरामीहरु रहेको कार्यालयले जनाएकोछ ।