|

कोठामा सुतिरहेका एक युवक तीनदिनदेखि बेपत्ता

टेकनारायण भट्टराई, पाल्पा, पुस २६ - कोठामा सुतिरहेका एक युवक तीनदिनदेखि बेपत्ता छन्। तानसेन नगरपालिका-११ प्रभासका २५ वर्षीय सुदीप कोइराला पुस २३ गते रातीदेखि बेपत्ता भएका भन्दै परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्। 'राती नौ बजेसम्म छोरा घरमै थियो,' बुबा हरिदेव कोइरालाले नागरिकसंग भने, 'राति कसैले सुदीप भन्दै चिच्याएको त सुने, तर साथिहरु होलान भनेर हेक्का राखिन।' तल्लो तलामा छोरा सुतेका थिए भने माथिल्लो तलामा बुबा-आमा सुतेका थिए।

बिहान अवेरसम्म छोरा कोठाबाट ननिस्केपछि खोजी थालिएको दाजु महेशकुमार कोइरालाले बताए। उनले भाइ सुतेको ओछ्यानबाट तन्ना र सिरानी समेत गायब भएको बताए।

प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले अनुसन्धान सुरु भएको बताए। 'कोठा र बाटोमा रगत लत्पत्तिएको देखिन्छ, 'स्याम्पल कलेक्सन' गरेर ल्याब परीक्षणका लागि पठाएका छौं।' उनले घटना रहस्यमय भएको भन्दै खोजीकार्य तीब्र पारिएको बताए।
नोकरिका लागि विदेश जाने आउने गर्दै आएका सुदीप माघ महिनामा पुनः विदेश जानका लागि भिसा लगाएर बसेका थिए।स्रोत : नागरिक न्यूज

Posted by Butwalonline on 4:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोठामा सुतिरहेका एक युवक तीनदिनदेखि बेपत्ता"

Leave a reply