|

धवलमा प्रधान र शर्मा सम्मानित

पाल्पा– धवल पुस्तकालय पाल्पाले जिल्लाको शैक्षिक जागरण र पुस्तकालयको संरक्षणमा महत्वपूण योगदान पुर्‍याएका करुणाप्रसाद प्रधान र कृष्णदेव शर्मालाई आज सम्मान गरेको छ ।
मुक्तिप्रसाद न्यौपाने,पौष २६, धवल पुस्तकालयको पुस्तक पढ्ने दलानमा आज आयोजित कार्यक्रममा पुस्तकालयका धवल पुस्तकालय पाल्पाले पूर्व अध्यक्षहरू करुणाप्रसाद प्रधान र कृष्णदेव शर्मालाई सम्मान गरिएको हो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष युवराज पौड्याल र बुद्धिजीवी बुद्धिप्रसाद शर्माले दुबैलाई सम्मान पत्र, दोसल्ला र पाल्पाली करुवा प्रदान गरी सम्मान गर्नुभयो । तानसेन ८ भगवतीटोलमा वि.सं १९७४ साल चैत्र १० गते जन्मनुभएका प्रधान साधारण सदस्यबाट पुस्तकालयमा प्रवेश गरी निर्वाचन समितिको संयोजक र सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।

वि.सं १९८७ साल फाल्गुण ९ गते जन्मनुभएका तानसेन १ मेहलधारा निवासी कृष्णदेव शर्मा २००६ सालमा पुस्तकालय सहयोग समितिको सदस्यका रुपमा प्रवेश गरी सञ्चालक समितिको अध्यक्षसमेत बन्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व जतिसुकै विद्युतिय माध्यमको विकास भए पनि पढन संस्कृतिको ठूलो महत्व रहेको बताउनुभयो । ९५ वर्षको उमेरमा पनि प्रधानले पुस्तक र पत्रपत्रिका पढ्ने गरिरहेको बताउादै पुस्तकप्रति अगाध माया छ भन्नुभयो । अर्का सम्मानित व्यक्तित्व कृष्णदेव शर्माले धवल पुस्तकालयमा आउने वित्तिकै आफूलाई अम्बिकाप्रसाद लाकौल र संस्थापकहरुप्रति श्रद्धा लाग्ने बताउनुभयो । ‘जसलाई पनि आफ्नो माटोको माया हुादो रहेछ, मलाई पाल्पाको माया भयो र धवलको निम्ति हिडिरहे’ रेग्मीले भन्नुभयो । उहााले धवल पुस्तकालयमा पाल्पा कक्ष उद्घाटन भएका दिन १ लाख ११ हजार १ सय ११ रुपौया प्रदान गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वुद्धिजीवी बुद्धिप्रसाद शर्माले पाल्पाको शैक्षिक इतिहास लामो रहेको र धवल पुस्तकालयले शिक्षा र चेतना जगाउन ठूलो योगदान दिएको बताउनुभयो । शर्माले कृष्णदेव शर्मा र करुणाप्रसाद प्रधान जस्ता व्यक्तिले धवल पुस्तकालयको छवि उठाउन ठूलो योगदान गरेको स्मरण गर्नुभयो । कार्यक्रममा छत्रराज शाक्यले शर्माको पुस्तकालय संरक्षणका लागि देशव्यापी अभियान चलाएको प्रसंग र प्रधानको पुस्तक पढ्ने बानीका बारेमा चर्चा गर्नुभयो ।

वि.सं १९८३ सालमा पुस्तक पढ्ने दलानका नामबाट स्थापित धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । पुस्तकालयले राजनीतिक चेतना, सामाजिक सांस्कृतिक रूपान्तरणमा उल्लेख्य काम गरेको छ । पुस्तकालयका सचिव टंक पन्थले स्वागत गर्दै सम्मानित व्यक्तित्वको बारेमा प्रकाश पार्नु भयो । कार्यक्रम पुस्तकालय सञ्चालक समितिका महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो । 


Posted by Butwalonline on 5:04 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धवलमा प्रधान र शर्मा सम्मानित"

Leave a reply