|

मोतिपुरमा माघी तथा खिचडी महोत्सव सम्पन्न

बुटवल, २८ पुस । थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको अवसरमा थारु कल्याणकारीणि सभा मोतिपूर गांउ कमिटीले मोतिपुरमा माघी तथा खिचडी महोत्सव गरेको छ । थारु सस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित महोत्सव गरिएको हो । महोत्सवमा थारु संस्कृति, परम्परा तथा परिकारको पर्दशन गरिएको थियो ।

महोत्सवको शनिबार एक कार्यक्रमका बीच नेपाल अदिवासी जनजाती महासंघ संघिय मोर्चाका अध्यक्ष राजकुमार लेखीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । महोत्सबको उद्घाटन गर्दै लेखिले थारु संस्कृति जर्गेनाका लागि थारु समुदाले प्रत्येक बर्ष गर्ने महोत्सबले संस्कृतिको गरिमा उचाईमा पुऱ्याउने बताउनुभयो । उहाले नेपालको प्रमुख आदिबासी थारु भएको बताउदै संस्कृति संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

कल्याणकारीणि सभाका मोतिपुर अध्यक्ष श्यामलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सल्लाहकार अष्टभुजा चौधरी, थारु मुक्ती मोर्चाका केन्द्रि सदस्य ऋषि चौधरी, मोतिपुर गाबिस सचिब मिननाथ शर्मा, आदीबासि जनजातीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष होम बहादुर गलामी, शान्तराम चौधरी, धनीराम थारु, जेपि थारु, बाबुराम चौधरी, तुल्सी चौधरी, प्रेम सागर चौधरी, श्रीनिबास चौधरी लगायतले बोल्दै संस्कृति संरक्षणका लागि थारु समुदाय सधैं लाग्नुपर्ने बताएका थिए ।

महोत्सवका अवसरमा मयुर नाच, झुम्रा नाच  तथा बिभिन्न परिकारहरुको प्रदर्शन गरिएको थियो । महोत्सब उद्घाटन अघि मोतिपुरमा झांकी प्रर्दशन गरिएको थियो । माघी पर्वको अवसरमा थारु समूदायले हरेक वर्ष महोत्सव मनाउदै आएका छन् ।

Posted by Butwalonline on 6:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोतिपुरमा माघी तथा खिचडी महोत्सव सम्पन्न "

Leave a reply