|

नेपाल निर्माण तथा श्रमिक संघ रुपन्देहीको दोस्रो अधिवेसन सम्पन्न

बुटवल, २८ पुस - निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुले प्राप्त अधिकारहरुलाई रक्षा गर्न प्राप्त संगठन मजबुद बनाउनुपर्ने धारणा राखेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ जिल्ला समिति रुपन्देहीको दोस्रो अधिवेसनमा बोल्ने मजदुर अगुवाहरुले संगठीत र एकताबद्ध रुपमा अगाडि बढेर मजदुरको अधिकार सुनिश्चीत गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र अधिकारीले मजदुरहरुको संगठनलाई मजबुद बनाउन सके मात्र अधिकार सुनिश्चीत गर्न सकिने धारणा राख्नुभयो । उहााले मजदुर माथि हुने अन्याय हटाउनुपर्ने र त्यसको लागि मजदुरको बर्गिकरण गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष काजिमान श्रेष्ठले एकल आन्दोलनले मात्र ट्रेडयुनियन आनदोलन सफल नहुने महसुस गरी एकै प्रकृतीका मजदुरका समस्या समाधान गर्न भिन्न प्रकृतिका मजदुर संगठन बीच कार्यगत एकता गरी आन्दोलनलाई अगाडि बढाइएको बताउनुभयो । नेपाल निर्मााण तथा सम्बद्ध श्रमिक संघका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रिक्सा चालक संघका केन्द्रीय अध्यक्ष प्रकाश पाठक, श्रमिक संघका उपमहासचिव प्रदिप आचार्य, ट्रेड युनियन रुपन्देहीका पूर्व अध्यक्ष रस्मीराज श्रेष्ठ, श्रमिक संघका क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, काउन पाल्पाका अध्यक्ष दिनेश गन्दर्भ, नवलपरासीका धर्मदत्त चापागाई, श्रमकार्यालय बुटवलका प्रमुख श्याम केशी, यातायात मजदुर संघका क्षेत्रीय अध्यक्ष कृष्ण वेलबासे, काउन बुटवल इकाइ अध्यक्ष सुर्यदेव दास, मंगलापुर इकाई अध्यक्ष शुसिल घिमिरे, इन्द्रलाल भण्डारी, हुमवहादुर राना, चन्द्रीका धवल, लगायतले  मजदुरहरु जुटेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यवाहाक सचिव हिरावहादुर थापाको सञ्चालन तथा उपाध्यक्ष विरवहादुर लामाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 6:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल निर्माण तथा श्रमिक संघ रुपन्देहीको दोस्रो अधिवेसन सम्पन्न "

Leave a reply