महायज्ञ सम्पन्न झण्डै साढे दुई करोड संकलन
बुटवल,२८ पुस । जातिय सद्भाबका लागि क्षत्री समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको श्रीमदभागवत धन धान्याञ्चल बिशिष्ट पुजा अर्चना जातिय सद्भाव ज्ञान महायज्ञ शनिबारबाट सम्पन्न भएको छ । समाजका केन्द्रिय अध्यक्ष प्रा डा दिल बहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा बोल्ने वक्ताहरुले महायज्ञमा दानविरहरुले गरेको दानको पुर्णरुपमा सदुपयोग गर्न आग्रह गरेका छन् । चिासो मौसम तथा अन्य प्रतुकुलताकाविच पनि महायज्ञ पुर्णरपमा सम्पन्न भएको अयोजहरुले बताएका छन् ।
पुस २० गतेबाट बुटवलको बुटवल मण्डपमा अयोजना गरिएको महायज्ञमा झण्डै साढे दुई करोड रुपैया संकलन भएको छ । बहुउदेश्यि भवन निमार्ण, अनाथ असाहयाका लागि छात्राबृत्ति कोष स्थापना गर्ने उदेश्यले अयोजना गरिएको महायज्ञमा नगद,भुमि तथा जिन्सी दान समेत संकलन भएको समाजले जनाएको छ,समापन समारोहमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष प्रा डा क्षत्रीले महायज्ञमा यस क्षेत्रका सबै समुदायको उपथ्तिीले समाजिक सद्भावको झल्को दिएको बताउनु भयो । उहांले राज्यले आफुहरुलाई उपेक्षा गरेपनि दानविरहरुको मायाले उर्जा थपेको बताउनु भयो । समाजका जिल्ल अध्यक्ष लेख बहादुर काकीृको अध्यक्षतामा भएको समापन समारोहमा समाजका केन्दिंय पदाधिकारी तथा सदस्यहरु, अञ्चल पदाधिकारीहरु एवं समाजका अन्य अगुवाहरुले जिल्ला समितिले राखेको उदेश्य पुरा गर्नका लागि पुर्ण सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो ।
वचन प्रविण दिनबन्धु पोखर्लले कथा वाचन गर्नु भएको महायज्ञमा सहयोग गर्ने दानविर,सहयोगि संघ संस्था एवं दिनरात सक्रिय भएर लाग्ने समाजका अगुवाहरुलाई प्रशंसा पत्र तथा मायोको चिनोले सम्मन गरिएकाृ समाजका सहसचिव शिवहरि अधिकारीले जनानकारी दिनु भयो ।
ऋाफुहरुले अवको केहि समय भित्र उठ्न वांकी रकम संकलन गरेर भवन निमार्ण तथा अन्य कार्यक्रमहरुसंचालन गर्ने समाजका वरिष्ठ उपाध्यक्ष गुप्त बहादुर केसीले जानकारी दिनु भयो ।
नुशारको दान गरेको समाजका अध्यक्ष लेख बहादुर कार्कीले जानकारी दिनु भयो ।
दानबिरको ओईरो लागेको छ । महायज्ञबाट अहिलेसम्म सवा दुई करोड बराबरको आर्थिक संकलन भएको आयोजकले दाबि गरेका छन् ।
दिनभर जसो घाम लागेका कारण बुटवल मण्डपमा कथा सुन्न र बिभिन्न झांकीहरु र्हेर्नका लागि श्रद्धालुहरुको बाक्लो उपस्थिती रहेको थियो । समाजमा सबै जातजातीका विचमा सद्भाव जगाउनका लागि आयोजना गरिएको महायज्ञमा सबै समुदायले आर्थिक, सामाजिक तथा मानबिय सहयोग गरिरहेको समाजका महिला अध्यक्ष अनिता अधिकारीले जानकारी दिनु भयो ।