अन्तिम सन्देश र मरेर बाचेकाहरुको बृतचित्र बुटवलमा प्रदर्शन
बुटवल, २८ पुस-क्रियाशिल महिला पत्रकारहरुको लागि कल्याणकारी कोष स्थापनार्थ क्रियाशिल पत्रकार महिला रुपन्देहीले आज बुटवलमा वृत्तचित्र प्रदर्शन गरेको छ ।
युवा संचारकर्मी गणेश पाण्डेको निर्देशनमा निर्माण भएको बृतचित्र अन्तिम सन्देश र मरेर बाचेकाहरुको बिशेष समारोहका बिच प्रदर्शन गरिएको हो । बृत्तचित्रमा तत्कालिन सरकार र माओवादीको द्धन्द्धमा पिल्सीएका हरुको कथा समेटीएको छ । बृत्तचित्र अन्तिम सन्देशमा सेनाको हिरासतवाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटी कोईलीकी दिपा ओलीको कथालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ ।
यसका साथै बावुको श्राद्ध गर्दागर्दै माओवादीको अपहरणमा परी बेपत्ता बनाईएका बांके सम्सेरगंजका एमाले कार्यकर्ता राजेन्द्र ढकाल, सेना बाट बेपत्ता बनाईएका बर्दियाका केसर बस्नेत तथा शुरेस ओलीको कथालाई समेटीएको छ ।नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल संयोजक मोहन चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा उद्योगी व्यवसायी एजाज आलम र न्यायका लागि द्धन्द्ध पिडीत समाजका सञ्जय कुमार यादवले डकुमेन्ट्रीमा तत्कालिन नेपाली सेना तथा नेकपा माओवादीका कारण सर्वसाधारणले भोग्नुपरेको पिडालाई यथार्थ रुपमा चित्रण गरिएको बताउनुभयो।
ससस्त्र द्धन्द्धका क्रममा एक हजार भन्दा बढी बेपत्ता छन र तिनका परिवारले कि लास देउ कित सास देउ भनेर राज्य संग गरिरहेको आन्दोलन लगायत पंचायत बिरोधी आन्दोलनलाई समेत उक्त बृत्तचित्रमा समेटने प्रयास गरिएको निर्देशक गणेश पाण्डेले बताउनु भयो ।
महिला पत्रकारहरुको दक्षता अभिवृद्धि तथा उनिहरुको प्रोत्साहनको लागि हरेक वर्ष एक जना महिला पत्रकारलाई पुरस्कृत गर्ने लक्ष्यका साथ कोष स्थापनाको लागि क्रियाशिल महिला पत्रकारले पहिलो प्रयास स्वरुप डकुमेन्ट्री प्रदर्शन गरेको डब्लु डब्लु जे रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेले बताउनुभयो ।