साना किसान करहियाको साधारणसभा सम्पन्न
बुटवल पुस २८ । सानाकिसान कृषि सहकारी संस्था लिमिटेड करहियाको आठौं साधारणसभा आज सम्पन्न भएको छ ।कूल १ हजार १२ सय २३ जना शेयर सदस्य रहेको सहकारीको साधारण सभाको उद्घाटन करहिया गाबिस सचिब चुरामणि पाण्डेले गर्नुभयो । अध्यक्ष झुपा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शुखदेब न्यौपाने, केशबराज पौडेल, नरेन्द्र आचार्य, लता बाग्ले, बालकुमारी शर्मा, कला श्रसि, बालकुमारी शर्मा, शिबा पाण्डे, गंगा भट्टराइ लगायतले बोल्नुभएको थियो । सो अबसरमा अध्यक्ष र सचिबको प्रतिबेदन पारित गरिएको थियो ।सहकारीको ५करोड कूल पूजि रहेको छ ।
Posted by Butwalonline
on 7:04 PM. Filed under
Economy,
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response