|

नवलपरासीमा धन—धन्याचल सप्ताह ज्ञान महायज्ञ संचालन हुने

नवलपरासी,माघ १ - त्रिनेत्र अध्यात्म चिन्तन केन्द् जिल्ला सम्पर्क कार्यालय नवलपरासी  र जिमिरेभार बजार विकास समिति माकर ७ जिमरीभार नवलपरासीको संयुत्त आयोजनामा श्रीमद भागवत धन—धन्याचल सप्ताह ज्ञान महायज्ञ संचालन हुने भएको छ । यज्ञ माघ २ गते देखि ९ गते सम्म संचालन हुने र यज्ञ संचालन गर्नका निम्ति १ हजार ५५ समिति उप समिति बनाईएको पत्रकार भेटघाट कार्यक्रममा  मूल समितिका संयोजक नवराज श्रेष्ठले बताउनुभयो  ।

अनन्त विभुषित जगत गुरु आध्य सुर्याचार्य श्रीकृष्ण देव नन्द गिरिजी महाराजको प्रमुख आतिथ्यतामा प्रस्तावित त्रिनेत्रेश्वर महादेवको मन्दिर, सत्संगकेन्द्र ,जेष्ठ नागरिक आश्रमस्थल निर्माणर्थ गर्नकालागि माकर ७ जिमरीभार निवासी शम्भु भद्र खनालले ५ कटठा र ध्रुव नारायण चौधरीले १ कटठा जग्गा उपलब्ध गराएको यज्ञ मूल समितिका सल्लाहाकार विश्व प्रेम पाठकले बताउनुभयो ।

Posted by Butwalonline on 7:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नवलपरासीमा धन—धन्याचल सप्ताह ज्ञान महायज्ञ संचालन हुने"

Leave a reply