|

यात्रुबस दुर्घटनामा आठ यात्रु घाइते

इटहरी, पुस २६ - सुनसरी जिल्लाको भासी गाविस-४ स्थित तित्रीबना राजमार्गमा आज दिउँसो भएको यात्रुबस दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। उदयपुर जिल्लाको फत्तेपुरबाट विराटनगरका लागि आउँदै गरेको ना२ख ४२६१ नम्बरको यात्रुबस सडकमै पल्टिएको थियो।

दुर्घटनामा एक महिनाका बच्चासहित सूर्यबहादुर श्रेष्ठ, मोरङ केराबारीका जयबहादुर कटवाल, बमबहादुर कटवाल, उदयपुर भागलपुरका गीता खत्री, इटहरी-५ का सूर्यलाल श्रेष्ठ, फत्तेपुरका रामकृष्ण रौनियार, सुनसरी मधुवनका निरज उराव र सुनसरी प्रकाशपुरकी लीला पाण्डे घाइते भएका छन्।

घाइते सबैको झुम्काको मोर्डन डाइग्नोस्टिक सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरी सहायक निरीक्षक बिनु बस्नेतले जानकारी दिए ।

ट्रक र बस पश्चिमतिरबाट पूर्व आउने क्रममा ओभरटेक गर्दा बस सडकबाट तल झरेर विद्युत् पोल ढाल्दै पुनः सडकमा आउँदै पल्टिएको पनि ट्राफिक प्रसनि बस्नेतले जानकारी दिए ।

घाइतेहरुको अवस्था सामान्य रहेको र दुर्घटनापछि चालक भने फरार रहेकाले उनको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। सडकमा नै पल्टिएको बसलाई प्रहरीले उठाएर सडक खुल्ला गरेको छ। रासस(स्रोत : नागरिक न्यूज)

Posted by Butwalonline on 4:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुबस दुर्घटनामा आठ यात्रु घाइते"

Leave a reply