विपक्षी दलहरुद्धारा भैरहवामा धर्ना र प्रदर्सन
कन्हई यादव,भैरहवा, १२ माघ-सरकारविरुद्ध आन्दोलन शुरु गरेका विपक्षी दलहरुले आज भैरहवामा प्रदर्सन गरेका छन् ।उनिहरुले जिल्ला प्रसासन कार्यालयमा धर्ना दिदै सभा समेत गरेका थिए । सभामा बोल्दै नेताहरुले सरकार तानासाही बन्दै गएको भन्दै तत्काल राजीनामा दिनु पर्ने बताए ।
आ आफ्ना पार्टी कार्यालयहरुबाट सुरु गरीएको ऱ्याली नगरका बिभीन्न भागको परिक्रमा गर्दै जिल्ला प्रसासनमा पुगेको थियो । प्रसासनमा आयोजित सभालाई सम्वोधन गर्दै काग्रेस केन्द्रीय सदस्य कृष्ण चनद्र नेपालीले सरकारले राजीनामा नदीएसम्म आन्दोलन नरोकीने बताए । कार्यक्रममा नेकपा एमालेका पोलीटब्युरो सदस्य छविलाल बिस्वकर्मा, काग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, एमाले रुपन्देहीका अध्यष भोज प्रसाद श्रेष्ठ, जनमोर्चाका बद्रे आलम, राप्रपाका सागर प्रताप राणा, राष्ट्रिय जनसक्तीका सेर बहादुर क्षेत्री लगायतले बोल्दै सरकारले अपराधीलाई संरक्षण गरेर डण्डहिनतालाई प्रसय दिएको आरोप लगाए ।
दलहरुले देशमा संविद्यान सभा निर्वाचनको सुनिश्चितता गर्नुपर्ने, प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले तुरुन्त राजिनामा गरी सहमतिय सरकार निर्माणको लागी मार्ग प्रशस्त गर्नुपर्ने, दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न दोशीहरुलाई उन्मुक्ति दिन नहुने, देशमा बढ्दो दण्डहिनता, महंगी, कालोबजारी र असुरक्षा बढेकोमा यसप्रति सरकार उदासिन रहेको भन्दै विपक्षीहरु आन्दोलित बनेका छन् ।
