मलेसियामा एक नेपाली युवाको सड़क दुर्घटनामा मृत्यु
मलेसिया, माघ १२- वैदेशिक रोजगारीको सिलसिलामा रहेका खोटाङका एक युवाको मलेसियामा विहीबार ज्यान गएको छ। खोटाङ राजापानी ७ का कमलकुमार राईको बिहीबार साँझ गाडी दुर्घटनामा परी ज्यान गएको आफन्तजनले बताएका छन्।
मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा रहेको हवाइटहर्स कम्पनीमा कार्यरत राई विदा लिएर दिनभर होस्टलमै बसेर साँझपख तरकारी किन्न बजार निस्केका बेला दुर्घटनामा परेको बताइएको छ। बजारबाट फर्कने क्रममा अन्य कम्पनीका कामदार ओसारपसार गर्ने यात्रुबाहक बसले ठक्कर दिदा राईको घटनास्थिलमै मृत्यु भएको उनका सहकर्मीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।
दुई वर्षअगाडि रोजगारीका लागि मलेसिया पुगेका राई परिवारमा एक्लो कमाउने अभिभावक रहेको स्थानीय राजेन्द्र राईले बताए। एकमात्र कमाउने उनको मृत्युले पारिवारको बिचल्ली हुने स्थानीयको भनाई छ। राईलाई ठक्कर दिने बसलाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ।स्रोत :नागरिक न्यूज