दैलेखका पत्रकार द्धारा सुर्खेतमा धर्ना
कृष्ण आचार्य,सुर्खेत माघ १२ -पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्त पक्राऊ परेपछि सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ताले धम्की दिएपछि सुरक्षाका लागि २२ जना पत्रकार दैलेख छाडेर क्षेत्रीय प्रसासन कार्यालय सुर्खेतमा धर्ना दिएका छन् ।
पत्रकार डेकेन्द्रराज थापाको हत्याको छानवीन अघि बढेपछि आफूहरुलाई निरन्तर धम्की आइरहेको भन्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका थिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पत्रकारको सुरक्षाको ग्यारेण्टी गर्ने बताएपनि उहाालाई मन्त्रालयमा फिर्ता बोलाएपछि जिल्ला नै प्रशासकविहीन बनेकाले आफुहरु बस्न नसकेको पत्रकार महांसंघ दैलेखका अध्यक्ष पुस्र थापाले बताउनुभयो । आज दिउसो १२ बजेदेखी १ बजे सम्म नेपाल पत्रकार महांसंघ क्षेत्रीय सम्वनयसमीतीको अगुवाइ सुरक्षाको माग गर्दै पत्रकारहरुले धर्ना दिएका हुन् । जिल्लामा सुरक्षाको प्रत्यामुती नभएसम्म जिल्लामा फर्कन नसकीने पत्रकारहरुले बताएका छन् ।