ईन्टर डिपेन्डेन्स् दिवसको अवसरमा निबन्ध र चित्रकला प्रतियोगिता सम्पन्न
बिनोद परियार,रूपन्देही,१२ माघ । ईन्टरडिपेन्डेन्स् कमिटि नेपालले आज बुटवलमा निबन्ध र चित्रकला प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।उक्त संस्थाले ईन्टर डिपेन्डेन्स् दिवसको अवसर पारेर सेप्टेम्बर १२ तारिखका दिन बुटवलमा प्रतियोगिता आयोजना गरेको थियो ।
राष्ट्रहरु विच आपसि सहयोगको भूमिका बिषयमा २१ वटा विद्यालयका ३९ विद्यार्थीका विचमा अग्रेजी र नेपालीमा निबन्ध प्रतियोगता भएको थियो । उक्त प्रतियोगितामा अग्रेजीतर्फ प्रथम न्यू होराइजन बोर्डिङ्गका नविन गौतम, द्धितिय एभरेष्ट बोर्डिङ्गका रमेश पोखरेल र दीप बोर्डिङ्गका स्वीकृति श्रेष्ठ र तृतिय स्थान हासिल गरेका प्यारामाउन्ट इंगलिस बोर्डिङ्ग स्कुलकका अंशु भुषाल, नेपाली तर्फ प्रथम भएका न्यू होराइजनका विमल पोखरेल,द्धिति भएका एभरेष्ट बोर्डिङ्गका कपिल घिमिरे र तृतिय भएकी ईडन इंगलिस बोर्डिङ्ग स्कुलका तारादेवि न्यौपानेलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा विजयी भएकाहरुलाई प्रमुख अतिथि उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बुटवलका प्रमुख सुभाष पन्तले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही अवसरमा हेक्जागन आट्र्स तर्फ ११ जना विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपपत्र प्रदान गरिएको छ । एक देश र अर्को देशका विचमा हरेक क्रियाकलापमा अन्तरनिहित रहेको भन्दै यसका बारेमा ईन्टरडिपेन्डेन्स् क्रियाशिल रहेको अध्यक्ष हरि प्रसाद शर्माले बताउनुभयो । शर्माको अध्यक्षता,सचिव माधव आचार्यको संचालन एंव कोषाध्यक्ष हेमलाल पौडेलको स्वागतमा भएको कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष टुक बहादुर क्षेत्री,न्यू होराईजन उच्च माविका प्राचार्य लोकनाथ उपाध्याय,मानव ज्ञान उच्च मावि रामनगरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमुना काउचा लगायतले बोल्नुभएको थियो ।
