श्रीमतीको हत्यागरी कालीगण्डकीमा फालेको खुलासा
तानसेन, माघ १२- पाल्पा जिल्लाको रामपुरकी सोनु श्रेष्ठको हत्या उनकै पति ओमप्रसाद श्रेष्ठले गरेको खुल्न आएको छ। क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक मनोज न्यौपानेको संयोजकत्वमा गठित छानबिन समितिले आज बिहान पाल्पाको रामपुर घटनाको सार्वजनिक गरेका छन्।
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सोनुको हत्या उनकै पति ओमप्रसादले गरेको दाबी गरिएको छ। ओमप्रसादले नै घरमा सोनुको हत्या गरी कालीगण्डकी नदीको परेवा घाटमा लगेर फालेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए।पाल्पा प्रहरी नायब उपरीक्षक थानेश्वर रेग्मीका अनुसार घरमा नै हत्या गरी बोरामा शव बाँधेर मोटरसाइकलमा बोकेर नदीमा फालेको प्रहरी अनुसन्धानमा भेटिएको छ।सोनुको हत्या पुस ४ गते नै भएको थियो भने हत्या भएकी महिलाको शव भने माघ ६ गते मात्र परेवा घाटमा स्थानीयवासीले पानीमा तैरिएको अवस्थामा भेट्टाएका थिए। रासस(स्रोत :नागरिक न्यूज)
