|

एसीसी महिला क्रिकेटमा नेपालले युएईलाई ८६ रनले हरायो

काठमाडौं,माघ १२-थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारको छ ।पहिलो खेलमा भुटानलाई ८ विकेटले हराएको नेपालले शुक्रबार भएको आफ्नो दोस्रो खेलमा युएईलाई ८६ रनले पराजित गरेको हो ।

पहिले व्याटिङ थालेको नेपालले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । नेपालका लागि सीता मगरले सर्वाधिक ४६ र सरिता मगरले अविजित ४१ रन बनाइन् । यस्तै नेरी थापाले १६ रन बनाउँदा रोशनी बोहोराले ७, रुविना क्षेत्रीले ४, नेरी राजोपाध्यायले ४ तथा मधु थापाले ३ रन बनाइन् ।

जवाफमा मैदान उत्रिएको युएई २२ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ५९ रन बनायो । उसका लागि हृयुमेरी तसमीनले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्ा सकेनन् ।

युएईलाई सस्तैमा समेट्ने क्रममा सोनी खड्काले ५ ओभरमा १ मेडन राख्दै १७ रन दिएर ३ विकेट लिइन् भने करुणा भण्डारीले मात्र ५ रन दिएर २ विकेट हात पारिन् । यस्तै रुविना क्षेत्री, नेरी थापा र सरिता मगरले समान १-१ विकेट हात पारिन् ।स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 1:54 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसीसी महिला क्रिकेटमा नेपालले युएईलाई ८६ रनले हरायो"

Leave a reply