|

आज पनि नेपाल पत्रकार महासंघको राजधानीमा बिरोधको कार्यक्रम

ज्ञानु गौतम,नेपालगंज ,पुस २९ -दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नमाथिको कार्वाही रोक्न सरकारले दवाव दिएपछि आन्दोलित बनेका पत्रकारहरुले आज पनि बिरोधका कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । नेपाल पत्रकार महासंघले आज पनि राजधानीमा बिरोधको कार्यक्रम राखेको छ भने बिभिन्न जिल्लाका पत्रकारहरुले पनि बिरोधका कार्यक्रमहरु गर्दैछन् ।

नेपाल प्रेस युनियनले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा हातमा कालो पट्टी बााधेर बिरोध कार्यक्रम गर्दैछ । युनियनका महासचिव शिव लम्सालद्वारा जारी बिज्ञप्तीमा प्रेस युनियनले एक घण्टा बिरोधको कार्यक्रम आयोजना गरेको र कार्यक्रममा सरोकारवालाई सबैलाई ऐक्यबद्धताका लागि आग्रह गरिएको छ ।

यसैबिच, पत्रकार हत्यामा संलग्नलाई सरकारले संरक्षण दिन लागेपछि नेपाल पत्रकार महासंघको उच्चस्तरिय टोली दैलख पुगेको छ । महासंघका अध्यक्ष शिव गाउाले सहितको टोलीले दैलेखमा आज प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतसंग भेटी छानबिन गर्न ध्यानाकर्ष गराउने बताईएको छ । थापाको हत्यामा संलग्नहरुले अपराध स्वीकारीसकेको अवस्थामा सरकारले उक्त मुद्धालाई रोक्न आदेश दिएपछि पत्रकार महासंघ, अधिकारकर्मी र सञ्चार क्षेत्रसाग आबद्ध विभिन्न संघ संस्थाहरुले पनि विरोधका कार्यक्रम जारी राखेका हुन । प्रधानमन्त्री बाबुराम भट्टराई र महान्याधिवक्ता मुक्ति प्रदानको निर्देशनमा दैलेख प्रहरीले हत्या आरोपीहरुको बयान रोकेको थियो । यस्तै, हत्याका आरोपीलाई कार्वाहीको माग गर्दै दैलेखका पत्रकारहरुले निरन्तर दवाव दिएपछि जिल्लास्थित माओवादी कार्यकर्ताले पत्रकारहरुलाई धम्की दिने क्रम पनि रोकिएको छैन । जसले गर्दा दैलेखका पत्रकारहरु हिजो आज सदरमुकाम बाहिर जान सक्ने स्थिति छैन ।

Posted by Butwalonline on 6:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज पनि नेपाल पत्रकार महासंघको राजधानीमा बिरोधको कार्यक्रम"

Leave a reply