आठ दिनदेखि अवरुद्व कालिकोट जुम्ला सडकखण्ड आजबाट खुल्यो
कालिकोट,माघ १२ -एक हप्तादेखि परेको पानीले कर्णाली राजमार्गको विभिन्न ठाउँमा आएको पहिरोले कालिकोट जुम्ला सडकखण्ड अवरुद्ध भएको आठ दिनपछि बल्ल आज खुलेको छ ।
कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएपछि सुर्खेत–नेपालगंज तथा जुम्ला र जुम्लादेखि सुर्खेत नेपालगंज आउने यातायात सेवा रोकिएको भएपनि कालिकोट जिल्ला प्रशासनले चासो नदेखाएकाले आजसम्म यातायात खुल्न सकेको थिएन । कालिकोटको राचुलीमा भने घरको तलतिरबाट पहिरो गएपछि घरधनीले घर भत्किने भन्दै पहिरो हटाउन नदिएकोले बाटो खुलाउन समस्या भएको थियो । तर हिजो यातायात व्यवसायी समिति र जुम्ला जिल्लाका राजनीतिक दलले घर धनीसँग बसेर छलफल गरेपछि आजबाट बाटो खुलेको हो । तर घर धनीलाई क्षतिपूर्ति सात दिनभित्र नदिए फेरि बाटो बन्द गर्ने सहमति भएको कर्णाली यातायात ब्यबसायी समितिका बरिष्ठ उपाध्यक्ष चक्र शाहीले बताउनुभएको छ ।
