एरिना हेल्थ क्लबद्धारा विपन्न समुदायलाई लत्ताकपडा वितरण
बिनोद परियार,बुटवल ,माघ १४ -एरिना हेल्थ क्लबले सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहनाका विपन्न समुदायलाई लत्ताकपडा वितरण गरेको छ । क्लबले झन्डै ५० परिवारलाई आज न्यायो कपडा वितरण गरेको हो ।
बुटवल तथा भैरहवाका विभिन्न व्यक्ति, व्यापारिक प्रतिष्ठान, संघ–संस्था, विद्यालय, कलेजबाट संकलन गरिएका कपडा वितरण गरिएको सो क्लवले जनाएको छ । क्लवका कार्यक्रम संयोजक चन्द्रमणी अर्यालको अध्यक्षता, स्थानीय समाजसेवी राजेश ढकालको प्रमुख आथित्यता र सागर न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा वडा सचिव परदुम सिंहलगायतले बोल्नु भएको थियो । सो क्लबले यसअघि रुपन्देहीको मर्चवार मझगावामा झन्डै २ सय ८० परिवार, बुटवलका ५० जना सडक बालबालिकालाई पनि न्ययो कपडा वितरण गरेको थियो ।