आर्थिक अभावले कोइलापानीले लिग हाप्यो
श्रीराम सिग्देल ,नवलपरासी १४ माघ-राजधानी बाहिरबाट ए डिभिजनमा उक्लने लक्ष्य राखेको नवलपरासी को कोईलापानी पोलस्टार क्लबको बि डिभिजन लिग खेल्ने सपना आर्थिक दुरावस्थाका कारण गर्भमानै तुहिएको छ ।
आज बाट शुरुहुने लिग खेल्नका लागि लाग्ने अर्थिक स्रोत जुटाउन नसक्दा लिगको मुखमा आएर खेल छोड्नु परेको क्लवले आइतबार कावासोतीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
लिग प्रतियोगिताका लागि जिल्ला फुटवल संघको सहकार्यमा क्लवले गत पौष १५ गते देखि माग १० गते सम्मका लागि खेलाडीहरुलाई बन्द सत्रमा राखेर तयारी गरेको क्लबले रकम अभाबकै कारण बि डिभिजन लिग खेल्न नसक्ने भएको क्लवका अध्यक्ष दर्शन भट्टराईले बताए । लिग प्रतियोगिता खेल्नका लागि १५ लाख रुपैयाको आवश्यक पर्ने भए पनि क्लवले एक लाख ५० हजार रुपैया भन्दा बढी रकम सहयोग जुटाउन नसकेको हुदा लिग छाड्नु परेको भट्टराईले बताए ।
२०६८ मा ए डिभिजन लिग बाट रेलिगेशनमा परेर बि डिभिजनमा घटुवा भएको पोलस्टारले त्यस यता पटक पटक प्रयास गरेपनि आर्थिक अभाब कै कारण खेल मा सहभागिता जनाउन नसकेको पत्रकार सम्मेलन क्लवले जनाएको छ ।