हेक्लाङ्गलाई पेश्की मुक्त गाविस बनाइने
परिषद्मा २०५६ सालदेखीका पेश्की अहिलेसम्म फछ्र्यौट हुन नसक्नुका कारणहरुका विषयमा छलफल गरिएको थियो । पहिलेदेखीका पेश्की फछ्र्यौट हुन नसक्दा गाविसको विकास निर्माणको रकम समेत अलपत्र पर्न सक्ने कुरा जोडदार रुपमा उठेपछि सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि तथा सहभागी सबैले पेश्की मुक्त बनाउनेकोलागि आफ्नो ठाउँबाट सहयोग गर्ने भएका छन् ।
परिषद्ले पुँजीगत बजेट ५ लाख ४५ हजार वडा नं. ४ र ५ मा विद्युतिकरणकालागि खर्च गर्ने र अन्य लक्षीत वर्गका कार्यक्रमहरु सचेतना अभिवृद्धि, तालिम सञ्चालन, विपन्न वालबालिकाहरुलाई सहयोग तथा युवामैत्रि कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । वडा नागरीक मञ्चबाट बस्तीस्तरीय योजना तर्जुमा भइ आएको र ती योजनाहरुलाई मध्यनजर राखेर आगामी वर्षको कार्यक्रम समेत तय गरिएको छ ।
परिषद् हेक्लाङ्ग गाविसका सचिव खडानन्द घिमिरेको अध्यक्षता र सामाजिक परिचालक नविना देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
