|

आदिवासी जनजाति युवा परीषद् युएईको पुनर्गठन,महाधिवेसन मार्च 8 मा

विघटित संविधान सभामा जन निर्वाचित सभासद लाई निस्कृय बनाएर जनताहरुबाट तिरस्कृत निर्वाचनमा पराजित केही मुट्ठीभर ब्याक्तिहरुबाट पुन: जातिय,क्षेत्रीय,लिंगिय र वर्गीय विभेद्कारी एकात्मक संविधान बनाउन खोजिएकोले त्यो सर्व सत्तावादी,जातिवादी अर्थात एकाधिकारवादको हैकमवादी षडयन्त्र लाई खबरदारी गर्न र संविधान सभामा राज्य पुन:संरचनाको आधार जाति,भाषा,सस्कृति, ऐतिहासिक पृष्ठभूमी अर्थात पुर्खौली थलोनै हुनु पर्ने भन्ने प्रवासी आदिवासी जनजातिहरुको सशक्त आवाजका साथ संगठित रुपमा दवाव दिन र प्रवासमा रहेका आम नेपालीहरुको विभीन्न समस्यामा सहयोग एवम सहकार्य गर्नको निमीत्त 13 फेब्रुरी 2012 मा हरि घर्तीमगरको अध्यक्षतामा निर्माण भएको आदिवासी जनजाति युवा परिषद युएईको कार्य समिती निम्न अनुसार पुनर्गठन गर्दै आगामी 8 मार्च 2013 मा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जसमा अध्यक्ष हरि घर्ति मगर,उपाध्यक्ष हरुमा क्रमस: मोहन कुमार तामाङ्ग,आसिश राई,दिपराज योङ् हान लिम्बु र हस्त बहादुर दर्लामी मगर,महासचिव प्रितीछक बुढा मगर,सचिव शुशी घर्ति मगर,कोसाध्यक्ष लाल बहादुर तामांग,सह-कोषाध्यक्ष दिपेन्द्र कुमार राई ,प्रवक्ता भिम तामाङ्ग,सदस्य हरुमा नर बहादुर पुन मगर,हेम बहादुर मगर,मनोज काउछा मगर,थमन बुढा मगर,नबिन थापा मगर,भोज आले मगर र दिपक पुन मगर रहेको कार्य समितीमा आदिवासी जनजाति बुद्दिजिवि एवं समाज सेवी ललित लिम्बु सल्लाहाकार रहनु भएको छ !

Posted by Anonymous on 4:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आदिवासी जनजाति युवा परीषद् युएईको पुनर्गठन,महाधिवेसन मार्च 8 मा"

Leave a reply