भाईले गरे दाजुको हत्या
पुष २३ गते राती ९ बजेपछि आफ्नै घरमा सुतिरहेका दाजु सुदिपलाई आफ्नै कान्छो भाईको योजनामा हत्या गरिएको थियो । आईतबार जिल्ला प्रहरी कार्यालय पाल्पाले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न तीन जनालाई सार्वजनीक गरेको हो । अभियुक्तहरु सुजन सहित, कालु चन्द र त्रेता चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
कसरी बन्यो त हत्याको योजना ?
तानपा ११ बागखोरका हरिदेव कोइरालाका कान्छो छोरा बुटवल गल्लामण्डी लाईनमा गल्लाको व्यापार गर्दै आएका थिए । २३ वर्षीय सुजन आफ्नै माईलो दाजु सुदीपको पारिवारिक समस्या देखाउँदै दाजुको हत्याको प्रपन्च रच्दै थिए । त्यसै समयमा उनको भेट चौराहा गाविस वडा नं. २ दैलेख स्थायी ठेगाना भएका २८ वर्षीय कालु चन्दसँग पुष १४ गते हुन्छ । दोस्रो भेट पुष १७ गते पूनः सुजनको पसलमा हुन पुग्छ । दोस्रो भेटका क्रममा सुजनले आफ्नो घरमा घरायासी समस्या रहेको कुरा व्यक्त गर्छन् । दाजुसँग सन्तुष्ट छैन, दाजुले माया गर्दैन भन्ने कुरा सुजनले राख्छ । आफ्नो रगतको नाताको दाजुसँग केही सम्बन्ध नभएको बाहाना बनाई प्राणको दाजु बनाउने प्रस्ताव राख्छन् । उसले कालुलाई आफुसँग ढिकुटीको तीन लाख रुपैयाँ आउने र एक लाख आफुलाई आवश्यक भएकोले दुई लाख रुपैयाँ तत्काल कालुलाई दिने निधो गर्छ सुजन । कालु चन्द त्यस समयसम्म हत्या गर्नकोलागि तयार भैसकेको थियो । त्यसकालागि आफ्नै रगतको दाजु सुदीपलाई सिध्याउनको लागि अनेक तरिकाको खोजी गर्छन् । काम फत्ते गर्नकोलागि पुष २२ गते सुदीपको हत्या गर्ने योजनामा कालु लु १२ प ३३९७ नम्बरको मोटरसाईकलमा चढेर बुटवलबाट पाल्पा बागखोर तर्फ लाग्छन् । हरिदेव कोइरालाको घर रेकी गर्नकोलागि साँझ करिव ६ बजे बागखोर स्थीत घर नजिक आइपुगेका उनले नजिकैको चउरमा साथिहरुसँग सुदीपलाई देखेपछि त्यसदिन हत्या गर्न नसकिने भन्दै त्यहाँबाट फर्किए । बुटवलमा बसेर भोलीपल्ट २३ गते गाडी लिएर हत्या गर्न पाल्पा आउने योजना उनीहरुले बनाए । २३ गते सुजनले पार्टीमा पाल्पा जानकोलागि भन्दै लु १ ज २२९९ नम्बरको कारलाई ३ हजार ५ सय रुपैयाँ दिने सर्तमा भाडा लिन्छन् । पौने ६ बजे उनीहरु दोभानबाट पाल्पा तर्फ भाडाका गाडीमा आएका तीनजनाले सुदीपको हत्या गरि कल्याणी प्राथमिक विद्यालय मस्याम–४, केरावारी नजिकैको भीरमा लगेर लासलाई फ्याँकिदिन्छन् ।
यसरी भयो प्रहरी अनुसन्धान सफल घटना पश्चात् राती ११ बजेको समयमा हत्याका अभियुक्त एवं भाई सुजनले घटनाको विषयमा अस्थायी प्रहरी पोष्ट प्रभाषमा दाइको खोजी गरिदिन निवेदन दिएका थिए । जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । प्रहरी नायव निरीक्षक स्थानेश्वर रेग्मीले त्यस पश्चात् घटनाको अनुसन्धानकालागि विभिन्न समूहमा प्रहरी टोली खटाएका थिए । प्रहरी टोलीले पत्ता लगाएका केही रिपोर्टहरु समीक्षा गर्दा मोटरसाईकलको विषयमा अनुसन्धान सुरु गरियो । मोटरसाईकल धनी रुद्रपुर–७, रुपन्देहीका ईश्वरी गौतमको पत्ता लाग्यो । मोटरसाईकल कालुचन्दले प्रयोग गरेको गौतमले बताए । कालुचन्द र सुजनको सम्बन्ध रहेको पत्ता लाग्यो । सुजनलाई दाजुको साथीहरु चिनाउनकालागि प्रहरीले लग्दै थियो । उनीमाथिनै प्रहरीको शंका लाग्यो । भाइलाईनै प्रहरीले केरकार गर्दा घटना आफैले घटाएको स्वीकार गरे ।
दाजुको हत्या यसरी घर नजीक पुगेका दुई हत्यारा सुदिप घरभित्र पसेको केही समयपछि घरमा पुगेर भाई सुजनलेनै सुदीप...सुदीप... भन्दै ३ पटक बोलायो । घरमा हरिदेव सुदीपले ढोका खोले र भाईलाई किन राती यतिबेला आएको हो राम्ररी सुत्नकोलागि भार्यलाई भन्दै आफु सुत्न लागे । उनी सुत्न लाग्दा कालुले घाँटी अठ्याए र सुजनले मुख टालीदिए । कालुले अझै मरेको छैन भन्दै छुरी प्रहार गरे । रगत निस्केकाले उनीहरुले नियोजित हिसाबले लिएर आएका बोरामा तन्ना सहित सुदीपको लास प्याकिङ्ग गरेर बोकेर लगे । बाहिर निस्कदा विरालाले समेत बाटो काटेको रहेछ ।
घटना घटाएको विषयमा सवारी चालक सपही ८ बाराका त्रेता चौधरीलाई नभएको बताइएको छ । उनीलाई उनी पार्टीकालागि भनेर भाडामा पाल्पा आएका थिए । पाल्पाको लामीडाँडामा करिब ८ बजे रोक्न लगाए अनुसार चौधरीले कारलाई रोके । पार्टी सकेर हामी तिमीलाई फोन गर्छौ भनेर नम्बर सुजनले नम्बर लिए । रातको समयमा आफु एक्लै बस्न नसक्ने भन्दै चौधरी बर्तुङ्ग तर्फ लागे । दुईजना बागखोर तर्फ । हत्यापछि सुजनले चौधरीलाई फोन गरे र लिन बोलाए । तर चौधरीले बाटो नचिकोले सुजन आफैले अलि पर गएर कारलाई बाटो चिनाए । कारको डिक्की खोल्न लगाए अनुसार चालक चौधरी सीटबाट नझरीकनै भित्रबाटै खोलीदिए । उनीहरुले के राखे भन्ने ख्यालै गरेनन् । रोकेर राखेको सामान केराबारी नजिकैको भिरबाट फ्याँकिदिँदा समेत उनले वास्तै गरेनन् । भोलीपल्ट कार सफा गर्ने क्रममा मात्र रगत देखेपछि उनलाई शंका लाग्यो तर उनले कसैलाई बताएनन् । सर्वसाधारणको दायित्व समेत पुरा नगेरका र प्रहरीलाई खबर नगरेका कारण उनीलाई समेत प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
आफ्नै विवाहदेखीनै दाजुसँगको सम्बन्ध बिग्रीएको र पच्चिस लाख रुपैयाँ लोनको बिषयमा दाजुसँग कुरा नमिलेपछि हत्या गरेको सुजनले बताएको र थप अनुसन्धान भने जारी रहेको प्रहरीले बताएको छ ।
Posted by Journalist Mukti
on 8:50 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response