|

एचआईभी परामर्श क्लिनिक स्थापना


मुक्तिप्रसाद न्यौपाने,पौष २६, पाल्पा-एचआईभी, यौन रोग रोकथाम तथा परिवार नियोजन प्रवद्र्धन कार्यक्रम नेपाल सरकार जिल्ला एड्स समन्वय समितिको संयोजनमा तथा युएसएआईडी साथ–साथ पोजेक्ट अन्तर्गत इन्द्रेणी समाज केन्द्रको समन्वयमा सञ्चालित स्याटलाइट क्लिनिक प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा स्थापना गरिएको छ ।

वैदेशिक रोजगारमा जाने युवामा संक्रमण तिव्र बनेको र जिल्लामा धेरै एचआइभी पोजेटिभ रहेपनि उनिहरुको समस्याको पहिचान हुन नसकेको क्लिनिक उद्घाटन कार्यक्रममा जिल्ला एड्स समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी दीर्घबहादुर पोखरेलले बताए । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेकोमा चिन्ता गर्दै पोखरेलले यसलाई निर्मूल गर्न नसकिने भएपनि समस्या न्यूनिकरण गर्न सकिने बताए ।

यौन रोग रोकथाम तथा नियन्त्रण केन्द्रका शम्भु काफ्लेले एचआईभी सङ्क्रमितको समस्या पहिचान गरेर अगाडी बढ्न नसक्दा समस्या बल्झिएको बताए । उनले भने एचआइभीलाई रोगको रुपमा मात्र नलिई विकासको मुद्दाका रुपमा उठान गर्न सकेमा मात्र नयाँ सङक्रमितहरुको संख्यालाई शुन्य बनाउन सकिने बताए । युएसएआईडीका शान्तामाया गुरुङ र साथ–साथ पोजेक्टका डा. भानुभक्त निरौलाले देशका ३३ जिल्लामा स्याटलाईट क्लिनिक स्थापना गरिएको र कार्यक्रमलाई दिगो बनाई राख्नकोलागि यस्ता जटिल सेवाहरुको विस्तार गर्दै लगिने बताएका थिए । देशमा ५० हजार संक्रमित व्यक्तिहरु भए पनि अहिलेसम्म २० हजार ५ सय ८३ जनाको मात्र पहिचान हुन सकेको उनीहरुले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले जिल्लामा पनि एचआइभी संक्रमितको संख्या बढेको र समाजले राम्रो परामर्श र सूचना दिन नसक्दा समस्या जटिल बन्ने गरेकोले क्लिनिक स्थापना गरिएको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भगवान भण्डारी, डा. मिलन अधिकारी लगायतले क्लिनिक स्थापनाले लुकिछिपी रहेका संक्रमित व्यक्तिहरुलाई परापर्श दिई जीवन जिउनकोलागि मार्गदर्शक बन्ने बताएका थिए ।

जिल्लामा १ सय ८८ जना एचआइभी पोजेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Posted by Journalist Mukti on 1:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एचआईभी परामर्श क्लिनिक स्थापना"

Leave a reply