पत्रकार हत्या विरुद्ध प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीवीच झडप(भिडियोसहित)
काठमाडौं,पौष २६ । दैलेखका पत्रकार डकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भई अनुसन्धानको पक्रियामा रहेका अवस्थामा प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिई कारवाही प्रभावित गर्न खोजेकोमा चौतर्फी विरोधको क्रम आज पनि जारी रह्यो । यसैक्रममा पत्रकार थापाको हत्याको आरोपीहरुलाई कडा कारवाहीको माग गर्दै सञ्चारकर्मीहरुले आज सिंहदरवार अगाडी विरोध प्रदर्शन गरे ।विरोधको क्रममा प्रदर्शनकारी र प्रहरीवीच झडप समेत भएको थियो । निर्दोष एवं निहत्था व्यक्तिको हत्यामा संलग्न व्यक्तिहरुलाई पदीय मर्यादा विपरीत मुलुकको कार्यकारी प्रमुखवाटै संरक्षण गर्नु लोकतन्त्र र मानव अधिकार विपरित रहेको भन्दै उनीहरुले सरकारको विरोध गरेको थिए । यसैगरी मानवअधिारवादीहरुले प्रधानमन्त्री भट्टराईको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउदै विरोध प्रदर्शन गरे ।थापाका हत्या आरोपीहरुलाई अहिले दैलेख जिल्ला अदालतमा लगिएको छ ।भिडियो>>>> स्रोत :ईमेज च्यानल