५२ बर्षीया महिलामाथि सामुहिक बलात्कार
पाँचथर, पौष २६ । पाँचथरमा ५२ बर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । पांचथरको रानीटार गाउं विकास समिति वडा नम्बर २ की एक अधवैंशे महिलामाथि तीन युवाले सामुहिक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय रानीटार उच्च माविमा आठ कक्षामा अध्ययनरत १६ वर्षीय विजय तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । दश बर्ष अघि श्रीमानको निधन भएर एक्लै बस्दै आएकी ती महिलाका दुई छोरा बैदेशिक रोजगारीमा छन् । कम्मर मुनीका कपडा विना अचेत अवस्थामा लडिरहेको अवस्थामा गाउलेले उद्धार गरी अस्पताल पु-याएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएका मध्ये टाइसन भन्ने सुरेश तामाङ र राम राई फरार रहेको प्रहरीले जनाएको छ ।स्रोत :ईमेज च्यानल