गज़ल
दिदि बैनी आमा का,फर्काएर चोली किन?नंगाएरै लुट्दैछौ रे,अस्मिता खोली किन ?
थुक्क हे पापी हो किरा,परोस तिमि लाई
चोरकै ठुलो स्वर,गर्छौ फेरी बोली किन?
कलिला ति मुनाहरु,कोपिलामै लुछाचुडी
इज्जत लुटी उदंग,पार्यौ उन्को डोली किन?
आफ्नै घर काल भो,जिउन अब तिम्लाई
खेल्दिनौ नारी तिमि,रगतको होलि किन?
जाग लम्क चमक हे,सृष्टिका अर्धना हो
मौन भै बस्छौ अझै,नफर्काई सोली किन?
"बिखर्ची राम"
मरुभूमिको छातीबाट