|

शान्ति सद्भाव र बिकासका लागि युवा संबाद

हेमराज भट्ट/नेपालगन्ज-अहिले युवाहरु विभिन्न संघ सस्था तथा संगठनहरुमा बिभक्त भईरहेको बेला बााकेमा युवाहरुको सहकार्यका लागि संबाद थालीएको छ ।

बााके जिल्लामा कार्यरत युवा क्लब तथा युवा सस्थाहरुको छाता संगठन जिल्ला युवा क्लब संजालले मंसिर २२ गते नेपालगन्जमा शान्ति, सदेभाव र विकासका लागि युवाहरु बिच सहकार्यात्मक संबाद कार्यक्रम सम्पन्न गरेको छ । शान्ति र सहकार्यका लागि युवाहरु बिचमा सहकार्य कसरी गर्न सकिन्छ, के कुराबाट युवाहरु ईमान्दारीताबाट पछि हट्न पुगेका छन्, राजनितिमा लागेका युवा र सामाजिक क्षेत्रमा लागेका युवाहरु बिचका समानता र फरक के हुन सक्छन्, बर्तमान अवस्थामा साझा युवा सवालहरु केके हुन सक्छन भन्ने लगायतका बिषमा सम्बाद केन्द्रित रहेको थियो ।

सम्भवतया निकै नौलो र फरक ढंगले संचालन गरिएको सो कार्यक्रम पूर्णतया अनौपचारी रुपले गरिएको थियो । संजालका महासचिब हेमराज भट्टले कार्यक्रमको संचालन गरेपछि संजालका अध्यक्ष आषिस बर्माले सबैलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यकाथि प्रकास पारेका थिए । तत्पश्चात परिचयात्मक कार्यक्रम गरिएको थियो परिचय पछि शान्ति र सद्भावका लागि युवा सहकार्यात्मक संबाद शिर्षकमा ईन्सेक बााकेका बरिष्ठ अधिकृत सुशील चौधरीले अवधारणा पत्र प्रश्तुत गरेका थिए । सो अवधारणा पत्र पश्तुत पश्चात युवा सहकार्यका बिषयमा छलफल गरिएको थियो । राजनितिक निकट विभिन्न संगठनहरुका प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, गााउ स्तरीय युवा क्लबका प्रतिनिधिहरु पत्रकार गरी ४० जनाको सहभागीता रहेको सो कार्यक्रममा सबैले आ आफ्नो धारणा राखेका थिए । छलफल पश्चात निकालिएको निश्कर्षमा युवाहरुको बिचमा सहकार्य गर्न सकिने, युवा शिक्षा, स्वास्थ्य र रोजगारिको राज्यले ग्यारेन्टी गर्नुपर्ने, ग्रामीण र सहरी युवाहरु बिचको भेदभाव अन्त्य गर्नु पर्ने, स्थानीय श्रोतको पहिचान र परिचालन गर्नु पर्ने, युवा केन्द्रित गतिविधिहरु सञ्चालन गर्नुपर्ने, युवा सिर्जनशिलताको सम्मान गर्नु पर्ने लगायतका बिषयहरु निकालीएका थिए । कार्यक्रमका सहभागीहरुले कार्यक्रम समय सान्दर्भीक र नौलो भएको र आगाम िदिनमा राजनितीक दल निकट युवाहरु साग सागै सबै क्षेत्रका युवाहरुलाई एकै ठााउमा बसाएर यस्ता संबादहरु गरेमा युवा बिच एकता र सहकार्य हुनेमा जोड दिएका थिए ।
जिल्ला युवा क्लब सञ्जालको आयोजनामा भएको सो कार्यक्रममा सर्च फर कमन ग्राउण्डले सहयोग गरेको थियो । 

कार्यक्रममा आफ्ना धारणा राख्दै सामाजिक क्षेत्रमा क्रियाशिल बास नामक सस्थाका निर्देशक नमस्कार शाह|तस्विर  हेमराज  भट्ट
कार्यक्रमका स्वागत तथा उद्धेश्यमाथि प्रकास पार्दै संजालका अध्यक्ष आषिस बर्मा । तस्विर  हेमराज  भट्ट
कार्यक्रममा अवधारणा पत्र प्रश्तुत गर्दै ईन्सेक बरिष्ठ अधिकृत सुशील चौधरी । तस्विर  हेमराज  भट्ट
संबाद कार्यक्रमका सहभागीहरु तस्विर  हेमराज  भट्ट

Posted by Butwalonline on 10:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शान्ति सद्भाव र बिकासका लागि युवा संबाद"

Leave a reply