ढुटा खोज्नु पर्दैन अब न्यानोमै रात गुजार्छौ–गजवीर
मुक्तिप्रसाद न्यौपाने,पौष १५, पाल्पा-पुषको जाडोमा दाउरा बालेर रात गुजार्दै आएका खानीगाउ- ६, दैलातुङ्ग पाल्पाका बोटेले अव न्यानोमा रात गुजार्ने भएकाछन् । १४ परिवार बोटे समुदायले राहत पाएका हुन् । प्राकृतिक प्रकोप उद्धार कार्य गर्दै आइरहेको अनन्त ज्योती ध्यान केन्द्र, काठमाण्डौंले उनीहरुलाई राहत प्रदान गरेको हो ।ध्यान केन्द्रका भियतनामी परम गुरु चिङ्ग हाईले उनीहरुलाई व्यक्तिगत रुपमा सहयोग प्रदान गरेकी हुन् । केन्द्र मार्फत् वोटेहरुका लागि ३३ थान ब्लान्केट र २६ थान मेट्रेस् सहयोग गरिएको हो । दैलातुङ्गका ७३ वर्षीय बोटेले भने सधैं ‘रात गुजार्नकोलागि दिनभरी ढुटा खोज्न जानुपथ्र्यो अब त्यो समय बारीमा खर्च गर्न पाउने भएका छौं ।’ उनले भने के गर्ने हजुर पहिला यो कालीनदिमा पुल थिएन ढुंङ्गा तारेर आएको पैसाले गुजारा गर्ने गथ्र्यौ तर अहिले पुल बनेको छ, रोजीरोटीनै खोसियो । अहिले हलो, डोको बनाउने काम गर्छु त्यसैको पैसाले खानाकोसम्म छाक टर्छ गजवीरले भने ।
पिछडीएको गाउा त्यसमा पनि अशिक्षित र उत्पीडित वोटे समुदायले राहत प्राप्त गरेपछि उनीहरु आफ्नै खुट्टामा उभिने भएकाछन् ।
(फोटो फिचर: घरभित्र गुन्द्री समेत नभएका कृष्ण बोटे राहत थाप्दै । तस्विर: मुक्तिप्रसाद न्यौपाने/आर्थिक अभियान)
