|

आठ धामको जग हाल्न श्रीमद्भागवत महामहोत्सव

बुटवल, १६ पुस । मोक्षधाम सेवा आश्रम आनन्दवन रुपन्देहीले आगामी चैतमा महायज्ञ गर्ने भएको छ । नेपालका चार र भारतका चार गरी ८ धाम निर्माण गर्ने लक्ष्य सहि तगत वर्ष महायज्ञ गरी भौतिक पूर्वाधार निर्माणमा जुटेको मोक्ष धाम सेवा आश्रम व्यबस्थापन समितीले आठ धामको जग हाल्नका लागि आर्थिक संकलन गर्ने उद्देश्यले श्रीमद्भागवत महामहोत्सव–२०६९ गर्न लागेको हो । नेपालका धामहरु पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर धाम र बुद्धधाम तथा भारतमा रहेका बद्रिनाथ, जगन्नाथपुरी, रामेश्वरम तथा द्वारिका धाम रुपन्देहीको आनन्दवनमा निर्माण गर्ने लक्ष्य सहि तगत वर्ष महायज्ञ गरिएको थियो । सो महायज्ञमा जुटेको आर्थिक सहयोगले व्यबस्थापन तथा केही भौतिक पुर्वाधार निर्माणका कामहरु शुरु भएका छन भने धाम व्यबस्थापन समितीले यहि चैतको १४ गते देखि २४ गते सम्म भैरहवामा गर्न लागेको श्रीमद्भागवत महामहोत्सवमा जुटेको रकमले आठ धामको जग हाल्ले मोक्षधाम सेवा आश्रमका अध्यक्ष वालव्यास ईश्वरशरण शास्त्रीले बताउनु भयो ।

रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंङ्गशालामा हुने श्रीमद्भागवत महामहोत्सवमा नित्य श्रीमद्भागवत प्रवचन संगै १ हजार १ सय ८ जना हरेक जातजातीका बृद्धबृद्धा सम्मान गर्ने, १ हजार ८ सालिकराम अर्चना, तण्डुलाचल(चामल दान), विवाह उत्सव गरिने पनि उहााले जानकारी गराउनु भयो । सो यज्ञको भारतको आस्था च्यानलले नेपालकै ईतिहासमा पहिलो पटक प्रत्यक्ष प्रशारण गर्ने भएको पनि अध्यक्ष शास्त्री बताउनु हुन्छ ।

यज्ञ सम्पन्न गर्नका लागि यहि पुसको २१ गते सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा बृहत भेला आव्हान गरिएको र सो भेलामा सहभागि हुनकालागि मोक्षधाम व्यबस्थापन समितीले सवैमा अपिल गरेको छ । सो भेलाले मुल आयोजक समिती गठन गरिने र त्यस पछिका दिनमा रुपन्देही तथा आसपासका जिल्लामा आयोजकका उपसमिती तथा बिधागत रुपमा बिभिन्न उपसमिती निर्माण गर्ने कार्यक्रम रहेको पनि उहााले बताउनु भयो ।

Posted by Butwalonline on 7:06 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आठ धामको जग हाल्न श्रीमद्भागवत महामहोत्सव"

Leave a reply