|

बुटवलमा बर्ड परियोजना कार्यलयको आज उद्घाटन

बिनोद परियार,बुटवल,२ पुस । रुपन्देहीको बुटवलमा सामाजकल्याण गर्ने उद्धेश्यका साथ बर्ड परियोजना कार्यलयको आज उद्घाटन गरिएको छ । बुटवल देविनगरमा रहेको कार्यालयको  गैरसरकारी संस्था महासंघ रुपन्देहीका संयोजक सुमित्रा शर्माले गर्नुभएको हो । सो अवसरमा बोल्दै शर्माले गैरसरकारी संस्थाहरु परदर्शीरुपमा अगाडि बढ्नु जरुरी रहेको भन्दै समाजकल्याणका निम्ति यस्ता संस्था सहयोगी हुने बताउनुभयो ।

कार्यक्रममा परियोजनाका कन्ट्री डाइरेक्टर रितेश केसिले नशामुक्त समाज,घर आधारित श्रमिक र  जिबिकोपार्जनको क्षेत्रमा काम गर्ने बताउनुभयो । केसीको अध्यक्षता,क्षेत्रिय  संयोजक रिमा विसिको संचालनमा भएको कार्यालय उद्घाटन समारोहमा शाखा प्रमुख दिलु श्रेष्ठ,ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपि राजकुमार बैदवार,एमाओबादीका नेता कृष्ण पोखरेल,नेकपा—माओबादीका कुशुम मल्ल,सिद्धार्थनगर नगरपालिकाका ईन्जिनियर मधु गौतम,पत्रकार यमलाल भुसाल , लगायतले बोल्दै लागुऔषधको क्षेत्रमा समेत काम गर्ने भएकाले प्रभावकारी रुपमा काम गर्न सुझाव दिनुभएको थियो । बर्ड नामक संस्थाले नेपालका रुपन्देही सहित सात  जिल्लालाई कार्यक्षेत्र बनाएर  काम गरेको छ ।

Posted by Anonymous on 7:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा बर्ड परियोजना कार्यलयको आज उद्घाटन"

Leave a reply