मेन्स डबल्स तर्फ बुटवल र पोखराका दुई –दुई टिम ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा
लक्ष्मण पोखरेल,बुटवल,२ पुस । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा जारी दोस्रो पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन सोमबार मेन्स डबल्स तर्फ बुटवल र पोखराका दुई –दुई टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवल १३ पवित्रनगरस्थित नव दिलिप कभर्ड हलमा सोमबार सम्पन्न खेलमा बुटवलका विरेन्द्रसिंह विष्ट र ध्रुवविक्रम शाहले गुल्मीका पदम राना र आकाश छन्तेलको जोडीलाई हराएको हो । यस्तै दिलिप गौचन र पंकज ज्ञवालीको जोडीले पोखराका भुगोल गुरुङ र सजिप भारीलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यस्तै पोखराका विशाल हिराचन र लक्ष्मण श्रेष्ठको जोडीले बुटवलका गोपाल टण्डन र दीप आचार्यको जोडीलाई हराए भने पोखराकै शम्भु श्रेष्ठ र नरबहादुर गुरुङको जोडीले बागलुङका निर्माण श्रेष्ठ र रजिन खड्कालाई हराउदै सेमिफाइनल प्रवेश गरेका हुन् ।
सोमबारै सम्पन्न भेट्रान्सतर्फको खेलमा बुटवलका इन्द्रलाल श्रेष्ठ र गोपाल टण्डन, जीवन कुवर र पिताम्बर ज्ञवाली तथा मधवलियाका चुरामणि उपाध्याय र राजु महर्जनको जोडी पनि विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबारै भएको मेन्स सिंगलतर्फको खेलमा पोखराका भुगोल गुरुङ र सजित भारी ,हेटौंडाका राजु गुप्ता र अभिशेष बोस, बागलुङका रजिन खड्का,पोखराका शम्भु श्रेष्ठ, गुल्मीका कृष्ण गाहा र पालपाका बसन्त बज्राचार्य पनि विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेका प्रचार प्रसार संयोजक दिलिप गौचनले जानकारी दिनुभयो ।
भोलि मंगलबारसम्म चल्ने प्रतियोगिताको सेमिफाइनल खेलहरु भोलि बिहान र फाइनल खेल दिउसो खेलाई पुरस्कार वितरण सहित प्रतियोगिताको समापनगरिने प्रतियोगिताका संयोजक प्रतिक पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा पश्चिमान्चलका १६ जिल्लाका साथै चितवन र मकवानपुरबाट समेत गरी एक सय १५ टिमका २ सय बढी खेलाडीले भाग लिएका जनसम्पर्क अधिकारी जवीन कक्षपतिले जानकारी दिनुभयो ।प्रतियोगितामा राष्ट्रिय अम्पायरहरु अजित भाट र ज्योतिविक्रम राणा,विशाल
प्रधान र राष्ट्रिय प्रशिक्षक सुदीप योन्जनको सहभागिता रहेको छ