|

अन्तर्राष्ट्रिय सहकारी बर्ष सन् २०१२ रामपुर पाल्पामा

प्रेमकान्छा मगर,रामपुर पाल्पा २३ मंसिर -पूर्वी पाल्पाको रामपुरमा सहकारी सचेतनामुलक याली र सहकारी सभा गरेर सहकारी बर्ष मनाएको छ । अन्तर्राष्ट्रिय सहकारी बर्ष सन् २०१२ , जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष, स्थानिय विकास अधिकारी दिर्घ बहादुर पोखरेलको अध्यक्षतामा भएको याली पछिको सभाको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका केन्द्रिय उपाध्यक्ष ऋषिराज घिमिरेकले विधिवत उद्घाटन गर्नुभएको हो ।
   
जिल्ला सहकारी डिभिजन कार्यालय प्रमुख रुद्रलाल भुषालको स्वागतबाट सुरु भएको सभामा सहकारी सात सिद्धान्त अनुसार सात वटा मैनबत्ति बालेर उद्धाटन गर्दै कार्यक्रमका मुख्य पाहुना ऋषिराज घिमिरेले सहकारीको महत्व दिन प्रति दिन बढ्दै गएकाले आर्थिक सामाजिक एंव साास्कृतिक रुपान्तरणमा लाग्नुपर्छ भन्नुभयो । सहकारीले आर्थिक विकास र क्रियाकलाप मात्र होइन बचतका माध्यमबाट सेवा मुलक सामाजिक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक दिपक ज्ञवाली, सहकारी कर्मी दुर्गादत्त रेग्मी , जिल्ला समन्वय समिति सदस्य शोभा शाक्य , बचत तथा ऋण सहकारी संघका टिकाराम भण्डारी , तानसेन नगरपलिकाका कार्यकारी अधिकृत निरज भट्टराई , नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी , रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ , अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिर्थ प्रसाद पंगेनीले अन्तराष्ट्रिय सहकारी बर्ष सन् २०१२ का सन्दर्भमा बोल्नुभएको थियो ।

बिहान ११ बजे डुम्रिगााउ रातमाटाबाट सुरुभएको सचेतनामुलक र्‍याली , पूर्वी पाल्पाका डेढ दर्जन भन्दा धेरै सहकारी संस्थाका शेयर सदस्य , लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्ना सहकारी संस्थाको झण्डा ब्यानर र ल्पेकार्ड लिएर किसानबारी मटेरी परिक्रमा गरि बेझाड बजार पुगि सभामा परिणत भएको हो । कार्यक्रममा सभाका अध्यक्ष , जिल्ला विकास समिति पाल्पाका स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोखरेलले पूर्वि पाल्पा सहकारी गतिविधिमा अगाडी बढेकोले यस क्षेत्रलाई नमुना सहकारी क्षेत्रका रुपमा विकास गर्न जिल्ला विकास समिति र गाउ विकास समितिले सघाउने बताउनुभयो ।

 कार्यक्रमको संचालन सहकारी निरिक्षक जीत बहादुर सिलवालले गर्नुभएको थियो । संयुक्त राष्ट्र संघमा नेपालले प्रतिबद्धता जनाए अनुसार अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ मनाउने अभियान अन्तर्गत पाल्पाको रामपुरमा पहिले पटक यो कार्यक्रम मनाईएको हो ।

अन्तर्राष्ट्रिय सहकारी बर्ष सन् २०१२ रामपुर सहभागि महिला ।




सहकारी प्रति युवा जोस


कार्यक्रममा उपस्थित बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरु


¥यालीमा सहभागि हुदै शेयर सदस्यहरु


सभामा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका केन्द्रिय उपाध्यक्ष ऋषिराज घिमिरे

Posted by Butwalonline on 8:46 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तर्राष्ट्रिय सहकारी बर्ष सन् २०१२ रामपुर पाल्पामा"

Leave a reply