गज़ल
किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म तसही नाम र ठेगानालाई मारिदिन्छु म त
थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त
बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थ लाई बैतरणी तारिदिन्छु म त
गज़लकार भएँ भन्दै साथीसंगाती लाई
धाक धक्कुसंगै मख्ख पारिदिन्छु म त
किन गर्यौ बेइमानी,जाल र झेल भन्दै
सोधी हाले भने पनि टारिदिन्छु म त
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका