अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवल मंसिर २४ । मानमटेरीया गा.वि.स.मा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
मानमटेरीया गा.वि.स.मा गठित समन्यव समितिका अध्यक्ष लक्ष्मीदत्त रेग्मीको अध्यक्षता, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका प्रमुख नन्दलाल बन्जाडे, ईन्जिनियर धु्रव धिताल वल्र्ड भिजनका मदन राना र अप्सरा राई लगायतले प्रशिक्षण दिएका थिए ।
मानमटेरीया गा.वि.स.मा रहेका जम्मा १ हजार ४ सय ९८ घरधुरी मध्ये चर्पी नभएका १ हजार २ सय २ घरधुरीमा एक घर एक चर्पी अभियान संचालन गरी वि.स.२०७१ को अन्त्य सम्ममा पुरै गा.वि.स.लाई खूल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिवद्धता गरिएको थियो । कार्यक्रममा एनेकपा माओवादीका पाण्डव बहादुर थापा, नेपाली कांग्रेसक सुखन यादव, नेकपा एमालेका श्याम बहादुर चौधरीलगायतले प्रतिपद्धता पत्रमा हस्ताक्षर हस्ताक्षर गरेका थिए ।