|

महिला हिंसा विरुद्धका कार्यक्रममा सहकार्य

बुटवल, मङ्सिर २४-महिला हिंसा विरुद्धका कार्यक्रमहरुमा रुपन्देहीका संघसस्थाहरुले समन्वय गरेका छन् । समन्वय र सहकार्यमा कार्यक्रम गर्दा कार्यक्रमका प्रभावकारिता पनि बढ्दै गएका छन् । चालु १६ दिने महिला हिंसा विरुद्धको अभियानमा पनि बुटवल र भैरहवामा संघसस्थाहरुले पूर्व तयारी बैठक बसेर कार्यक्रम तयार पारेका थिए । त्यसकालागि लैंगिक हिंसा निवारण जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको संयोजन रहेको थियो ।  माइती नेपाल , नमुना एकिकृत विकास परिषद र संचारिका समूह लुम्बिनीले सहसंयोजनको जिम्मेबारी लिएका थिए । संघसस्थाले संयोजनमा काम गर्दा हिंसा विरुद्ध आवाज उठाउन सहज भएको तथा त्यसका सकरात्मक प्रभावहरु ध्ोरै परेका माइती नेपाल रुपन्देही प्रमुख प्रभा खनालले बताइन् ।

यो अभियानमा संघसस्थाहरुले हिंसा पीडित ३ महिलालाई राहत पनि वितरण गरेका छन् । जसमा यौन हिंसा पीडित धकधइकी किशोरी, घरबाट निकालीएकी चिलीयाकी महिलालाई जनही १० हजार दिइएको छ । यस्तै यौन हिंसा पीडित सिद्धार्थनगर नगरपालिकाकी बालिकालाई ५ हजार राहत दिइएको महिला विकास अधिकृत उषा रावलले बताइन् ।

हिंसा विरुद्ध चरणवद्ध कार्यक्रम अन्तरगत हिंसा विरुद्धको पहिलो दिन अर्थात नोभेम्बर २५ तारिखका दिन बुटवलमा रयाली निकालीयो । जसमा बुटवल नगरपालिकाले नगरभित्रको संयोजन गरेको थियो । त्यसै दिन कमहरिया र हर्नैया गाविसमा लैंगिक हिंसा विरुद्धका कामको समीक्षा तथा हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम भयो ।

२६ तारिखमा तेनुहवा र मसिनामा जनचेतनामूलक कार्यक्रम तथा २७ तारिखमा साडी र मैनहिया गाविसमा पारालिगल कमिटीले गरेका कामका समीक्षा तथा जनचेतनामूलक कार्यक्रम गरियो । २७ तारिखकै दिन बुटवलमा जागरण रेडियोले महिला हिंसा विरुद्ध कचहरी कार्यक्रम गरेको थियो । २९ तारिखमा बोधबार ३० मा सेमरा मर्चवार र मानमटेरियामा महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रियाहरु गरिए । डिसेम्बर एकका दिन माइतीनेपालको अगुवाइमा महिला तथा बालबालिका कार्यालय र नमुना एकिकृत विकास परिषदले हिंसा विरुद्ध सेतो रिवन बांडे ।दुइ तारिखका दिन मधौलीयामा माइती नेपालको अगुवाइमा महिला विकास सहकारी सस्थाले विद्यमान कानुनमा महिलाको अवस्था विषयमा अन्तरक्रिया आयोजना गरे । यसैगरी ३ तारिखमा करहियामा माइती नेपालकै अगुवाइमा महिला विकास सहकारी सस्थासंग सहकार्यगरि विद्यमान कानुनमा महिलाको अवस्था विषयमै अन्तरक्रिया गरियो । डिसेम्बर ५ तारिखमा महिला तथा बालबालिका कार्यालयले स्वस्तिक महिला विकास सहकारी तथा नमुना एकिकृत विकाष परिषदसंगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरियो ।

हिंसा विरुद्ध लागेका जिल्लाका सातवटै निर्वाचन क्षेत्रका पारालिंगल कमीटिसंग जिल्ला सदरमुकाममा सात तारिखका दिन अन्तरक्रिया गरियो । आठ तारिखमा संचारिका समूह लुम्बिनीको आयोजना तथा केयर नेपालको सहयोगमा बुटवलमा हिंसा न्युनिकरणको अभियानमा संचारकर्मीको भुमिका विषयमा अन्तरक्रिया गरियो । ९ तारिकका दि नमक्रहरमा रहेको प्रगतिशिल महिला विकास सहकारी सस्थाले हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम गरेको छ । १६ दिने महिला हिंसा विरुद्धको अन्तिम दिन डिसेम्बर १० तारिखका दिन लैंगिक हिंसा निवारण जिल्ला समन्वय समिति रुपन्देही, महिला तथा बालबालिका कार्यालय, माइती नेपाल , संचारिका समूह लुम्बिनी, नमुना एकिकृत विकाष परिषद लगायत जिल्लामा हिंसा विरुद्ध कार्यरत संद्धसस्थाले भैरहवामा हिंसा विरुद्ध तथा मानव अधिकारको पक्षमा जनचेतनामूलक रयाली निकाल्दै छन् । मानव अधिकार आयोग बुटवललेसमेत संयोजन गरेको उक्त रयाली पछि सडक नाटक देखाउने तथा शान्ति र सुशाशन विषयमा अन्तरक्रिया गर्ने आयोजकले जनाएका छन् । हिंसा विरुद्धको यो सहकार्यलाई अझ बढाउदै जाने संचारिका समूह लुम्बिनीका सचिव निरु गौतमले बताइन् ।

Posted by Butwalonline on 7:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिला हिंसा विरुद्धका कार्यक्रममा सहकार्य"

Leave a reply