|

७ बुंदे सहमति कार्यान्वयन गर्न माग

बुटवल २४ मंसिर-मातृका माओवादी नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठन,नेपाल रुपन्देहीले विद्यार्थी संगठन र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बीच (सिटिइभिटी) भएको ७ बुंदे सहमति कार्यान्वयन गर्न पुन: आग्रह गरिएको छ । संगठनले रुपन्देहीमा रहेका संजीवनी,मायादेबी,अक्सबृज,देउराली कलेज लगायत ११ ओटा कलेजमा स्मरण पत्र बुझाउंदैं सात दिनभित्र संगठन र सिटिइभिटीबीच भएको सात बुंदे सहमति कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

संगठनका रुपन्देही संयोजक बिक्रम राना नेतृत्वले बुझाएको स्मरण पत्रमा संगठन र सिटिइभिटीबीच भएको सात बुंदे सहमति मध्ये बुंदां नं ३ मा उल्लेखित गतबर्ष परिषद्ले निर्धारण गरेको बैज्ञानिक शुल्क स्टाप नर्स विषयको रु.३,९६,३३० कडाईकासाथ लागु गर्न सहमति भएकोमा नरर्सिङग कलेजहरुले अझैसम्म कार्यान्वयन नगरेको भन्दैं लागुगर्न आग्रह गर्दछौं भनिएकोछ । क्रान्तिकारी विद्यार्थी संगठनसहित ९ विद्यार्थी संगठन र सिटिइभिटीबीच गत साउन २९ गते सात बुंदे सहमति भएको थियो ।

Posted by Butwalonline on 7:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " ७ बुंदे सहमति कार्यान्वयन गर्न माग"

Leave a reply