प्रहरी सेवामा आवेदन दिएका उमेद्वारको छनौट प्रकृया भोलीदेखि शुरु हुने
बिनोद परियार,बुटवल,प्रहरी सेवामा आवेदन दिएका उमेद्वारको भोलीदेखि छनौट प्रकृया शुरु हने भएको छ । प्रहरी सेवाका लागि पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा आवेदन दिएकाहरु ५ हजार ३२ जनाको छनौटको प्रकृया भोली सोमबारदेखि शुरु हुन लागेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरिक्ष तालिम केन्द्रका समादेशक कमलसिंह बमले जानकारी गराउनु भयो । प्रहरीले आज तालिमकेन्द्रमा पत्रकार सम्मेलन गरी छनौट प्रकृया अत्यन्त निश्पक्ष र पारदर्शी बनाईने भएकाले कसैको प्रभाव र दवावमा काम नहुने पनि समादेश बलमे बताउनुभयो ।
नेपाल अधिराज्यभरबाट १ हजार ५ सय जनाको लागि दरखास्त आवेदन खुलेकोमा बिराटनगरमा ६ हजार १ सय ८, भरतपुरमा ८ हजार ७ सय ६, नेपालगञ्जमा ६ हजार ३ सय ३१ र दिपायलमा ३ हजार ८० जनाले आवेदन दिएका छन । समावेसी तर्फ बुटवलमा महिला ४ सय ६९, आदीवासी जनजाती १ हजार १, मधेशी ५ सय ४०, दलित ३ सय ११ र पिछडीएकोबाट १० जनाले गरी २ हजार ३ सय ११ जनाले आवेदन दिएका पनि पत्रकार सम्मेलनमा शमादेसक बमले जानकारी गराउनु भयो ।
परिक्षा प्रणालीलाई पारदर्शी बनाउनकै लागि फिल्डमा सिसिटिभी जडान गरीएको छ । सिसिटिभी भने बुटवलमा पहिलो पटक जडान गरिएको हो । यसले प्रहरीको पारदशीता बढाउने प्रहरी स्वयम विश्वास लिएको छ । पहिलो चरणको छनौट प्रकृया आगामी पुसको २४ सम्ममा सकिने र त्यसपछि पुसकै २८ सम्ममा मेडिकल टेष्ट पनि सकिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । सो लगत्तै दोस्रो चरणको छनौटको काम शुरु गरिने जनाईएको छ । बुटवलको केन्द्रमा ५ हजार २३ वटा आबेदन परेका छन् ।