भैरहवामा लुम्बिनी पर्यटन महोत्सव जारी
बिनोद परियार,भैरहवा ,मङ्सिर २४-सिद्धार्थनगर उद्योग बाणिज्य साघको आयोजनामा भैरहवाको सिद्धार्थ रगशालामा जारी लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलामा अष्ट्रिज र हेलीकोप्टर दर्शकका लागी मुख्य आक्रशक बनेका छन् ।
बिगतमा मेला महोत्वस भएतापनि भैरहवामा जारी मेलामा हेलीकोप्टर र सबै भन्दा ठुलो चरा अष्ट्रिज राखीए पछि अहिले दर्शक यसमै केन्द्रीत भएको छ । मेला स्थलमा देनीक पांच हजार सम्म दर्शकले मेलामा अष्ट्रिजजको अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।
त्यसैगरी आईतबार देखी मेला स्थलमा हेलीका्प्टर बाट लुम्बिनी सम्मको दृश्यावलोकन गराउन सुरु गरेको छ ।गौतमबुद्घको जन्मस्थली विश्व पर्यटनको आकर्षक केन्द्र लुम्बिनीको प्रबेशद्धार सिद्घार्थनगरमा सिद्धार्थनगर लुम्बिनीको प्रवेशद्वार पर्यटन, कृषि, उद्योग र व्यापार हाम्रो आधार...भन्ने नाराका साथ मेला सुरु भएको हो । मेलामा करीब तीन सय स्टल रहेका छन ।स्थानिय पर्यटन स्थलको प्रवद्र्धन, स्वदेशी उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार, औद्योगिक प्रतिष्ठान र उपभोक्ता बिच प्रत्यक्ष सम्पर्क भेटघाट गराउने अवसर प्रदान गर्ने, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादनहरुको प्रर्दशनी, नबिन प्रबिधिको प्रर्दशनी, शैक्षिक जानकारी जस्ता महत्वपुर्ण उद्देश्य लिई यो महोत्सव तथा मेलाको आयोजना गरिएको हो ।